मधेश सरकारमा मिसिए कांग्रेस र लोसपा, पाँचैजना मन्त्रीले लिए शपथ « Khabarhub

मधेश सरकारमा मिसिए कांग्रेस र लोसपा, पाँचैजना मन्त्रीले लिए शपथ


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी भएका छन् ।

अर्थसहित ४ मन्त्रालयको नेतृत्व गर्नेगरी कांग्रेस र शिक्षा तथा संस्कृति मन्त्रालयको नेतृत्व गर्ने गरी लोसपा सरकारमा सहभागी भए ।

नेपाली कांग्रेस र लोसपाका नवनियुक्त मन्त्रीहरूले बिहीबार साँझ शपथ लिएका छन् । मुख्यमन्त्री सतिश सिंहले नियुक्त गरेका नेपालीका कांग्रेसका ४ जना र लोसपाका १ जना मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ ग्रहण गराइन् ।

कांग्रेसबाट सुनिलकुमार यादवले अर्थ मन्त्री, जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रीको शपथ लिएका छन् ।

यस्तै लोसपाका प्रमुख सचेतक रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीका रूपमा शपथ लिएकी छन् ।

शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मा दिइएको छ ।

बिनाविभागीय मन्त्री  मो. सकिल मियालाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ८ : २१ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना