बाढीपहिरो प्रभावितले आवास पुनःनिर्माणको अनुदान पाएनन् « Khabarhub

बाढीपहिरो प्रभावितले आवास पुनःनिर्माणको अनुदान पाएनन्


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – मनसुनजन्य विपद् प्रभावितलाई आवास पुनःनिर्माण तथा पुनःस्थापनाका लागि अनुदान उपलब्ध नहुँदा नुवाकोटका पहिरोपीडितको स्थान्तरण हुनसकेको छैन । सुरक्षित स्थानमा नयाँ घर बनाउन सुरू गरे पनि थप रकम नहुँदा काम अधुरै रहेको स्थानीयले गुनासो गरेका छन् ।

बाढीपहिराका कारण बसोबास गर्दै आएको घर जोखिममा परेमा सुरक्षित स्थानमा घर बनाउन सरकारले रु चार लाख अनुदान दिने कानुनी प्रावधान छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले रकम निकासाका लागि सम्बन्धित निकायमा अनुरोध गरिए पनि रकम नआउँदा अनुदान दिन नसकिएको बताए ।

उनकानुसार नुवाकोटमा मनसुनजन्य विपद् प्रभावित परिवारको सङ्ख्या ८४ छ । तीमध्ये हालसम्म ७८ परिवारले पहिलो किस्तावापत रु ५० हजार, दोस्रो किस्तावापत २८ परिवारले रु दुई लाख र १४ परिवारले तेस्रो किस्तावापत रु एक लाख ५० हजार पाएका छन् ।

“दोस्रो र तेस्रो किस्तावापत अनुदान दिन ढिलाइ भएको छ”, प्रजिअ अधिकारीले भने, “प्रक्रिया पूरा गरेका लाभग्राहीलाई उपलब्ध गराउन थप बजेट माग गरेका छौँ । प्राप्त भएपछि निकासा हुनेछ ।”

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विसं २०७७ पुस २६ मा स्वीकृत गरेको ‘मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि’ अनुसार घर जोखिममा परेकालाई सुरक्षित स्थानमा सार्न तीन चरणमा रु चार लाख उपलब्ध गराउने उल्लेख छ ।

उक्त अनुदान रकममा गाउँपालिकाले १० प्रतिशत, नगरपालिकाले १५ प्रतिशत र प्रदेश सरकारबाट ३० प्रतिशत योगदान हुने उल्लेख छ । त्यसबाहेक गाउँपालिकाको हकमा ६० र नगरपालिकाको हकमा ५५ प्रतिशत रकम सङ्घीय सरकारले थप्नुपर्ने प्रावधान छ ।

गत आवमा जिल्लाभरमा तीन जनाले मात्र किस्तावापतको अनुदान पाएका थिए । बाँकी लाभग्राहीले घर निर्माण सुरू गरे पनि सरकारी अनुदान प्राप्त नहुँदा घर सम्पन्न गर्न नसकेको गुनासो गरेका छन् । यहाँ प्रक्रिया पूरा गरेका लाभग्राहीलाई उपलब्ध गराउन रु एक करोड २२ लाख आवश्यक पर्ने प्रशासन कार्यालयले जनाएको छ

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १० : ३३ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद