रास्वपालाई सूर्य थापाको प्रश्न- कारबाही सिफारिसको अंग्रेजी अनुवाद ‘क्लीन चिट’ हुन्छ ? « Khabarhub

रास्वपालाई सूर्य थापाको प्रश्न- कारबाही सिफारिसको अंग्रेजी अनुवाद ‘क्लीन चिट’ हुन्छ ?


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीका लागि सरकासमक्ष सिफारिस गरिसकेको छ ।

गत सोमबार प्रतिनिसभा बैठकमा समिति सभापति एवम् नेकपा एमालेका सांसद सूर्यबहादुर थापाक्षेत्रीले रास्वपा अध्यक्ष लामिछानेलगायतलाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदन पेश गरेका थिए ।

समितिले प्रतिवेदनमार्फत् विभिन्न सहकारी संस्थाको ८५ करोड रुपैयाँ हिनामिना गरेको विषयमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकमध्ये पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित कुमार रम्तेल र गितेन्द्रबाबु राई (जीबी) लाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

कारबाहीका लागि सिफारिस गरिएकामध्ये रम्तेल हाल कारगार मै छन् भने राई फरार छन् । रास्वपा सभापति लामिछाने र पूर्वडीआइजी जोशी भने अहिलेसम्म फरार नरहे पनि सरकारले छानबिनको दायरामा ल्याइसकेको छैन ।

संसदीय छानबिन समितिको निर्देशनसँगै अब लामिछाने र जोशीलाई पनि पक्राउ गरी अनुसन्धान गरिनुपर्ने दबाब सरकारमाथि छ । समितिले गोर्खा मिडिया नेट्वर्कले खोलेको ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि देशका तीन ठूला सहकारीबाट ८१ करोड रुपैयाँ बढी भित्र्याएको भेट्टाइसकेको छ ।

तर, रास्वपाका नेता–कार्यकर्ता भने पार्टी सभापति लामिछानेले ‘क्लिन चिट’ पाएको तर्क गरिरहेका छन् । सोमबार संसद भवन बाहिर पत्रकारहरूसँगको कुराकानीमा रास्वपा उसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले सभापति लामिछानेलाई मूल आरोपबाट ‘क्लिन चिट’ पाइएको दाबी गरे ।

‘रवि लामिछानेजीले त मूल आरोपबाट आज क्लिन चिट पाउनुभएको छ । अब ठूला पार्टीमा ठूलै पद ओगटेर बसेका वास्तविक ठगहरू उजागर भएको छ,’ डा. वाग्लेको भनाइ थियो, ‘अन्तत्व संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।’

तर, संसदीय समितिका संयोजक थापाले भने लामिछानेलाई ‘क्लिन चिट’ पाइएको दाबी गर्ने उपसभापति वाग्लेसहितका रास्वपाका नेता–कार्यकर्तामाथि नै प्रश्न उठाएका छन् ।

उनले पत्रकार ऋषि धमलासँगको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ‘क्लिन चिट’ भनिरहेका रास्वपा–नेता कार्यकर्ताहरूतर्फ इंगित गर्दै भनेका छन्, ‘जान्नेलाई छान्नुस्, हामी जान्ने हौँ, हामीलाई छान्नुस् भन्ने मानिसले प्रतिवेदनमा लेखेको, चश्मा हेरेर खोलेर हेर्दा थाहा पाउने चिजको डिस्टोर्सन गर्ने ? क्लिन चिट कहाँ छ ? कुन लाइनमा छ ? कुन प्यारामा छ ? कारबाही सिफारिसको अंग्रेजी अनुवाद क्लिन चिट हुन्छ ? कहाँ पढ्नुभएको हो ? कुन स्कुलमा पढ्नुभएको हो ? कुन युनिभर्सिटीमा पढ्नुभएको हो ?’

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १ : ०६ बजे

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन