मुलुकमा अब राजनीतिक स्थिरता कायम हुन्छ : मन्त्री खड्का « Khabarhub

मुलुकमा अब राजनीतिक स्थिरता कायम हुन्छ : मन्त्री खड्का


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा अब राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बन्ने बताएका छन् । उनले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्थाका कारण मुलुकमा अस्थिरता हुँदा लगानीको वातावरणसमेत विग्रिएको अवस्थालाई मध्यनजर गरी दुई ठूला दल मिलेर सरकार बनाएको बताउँदै सरकार पूरा अवधि रहने स्पष्ट पारे ।

बुटवलमा आजदेखि सुरू भएको औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री खड्काले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरूको चिन्ताप्रति सरकार गम्भीर रहेको बताए । उनले व्यवसायीको लगानीको सुरक्षा गर्न र कानुनी जटिलता हटाएर व्यावसायिक वातावरण निर्माण गर्न सरकार लागिपरेको भन्दै ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।

मन्त्री खड्काले वर्तमान सरकार बनेपछि १० वर्षभित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १६ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना अगाडि बढाइएको जानकारी गराए । बङ्गलादेशमा विद्युत् निर्यात गर्ने कार्य सुरू गर्नुका साथै भारतमा समेत विद्युत् व्यापार विस्तार भई व्यापार घाटा कमी गरिएको जानकारी गराए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश लगानीका हिसाबले धेरै सम्भावना रहेको बताउँदै लगानीको वातावरण बनाउन सङ्घीय सरकारसँगै प्रदेश सरकार पनि लागिपरेको बताए ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले यहाँका उद्योगी व्यवसायीका समस्या स्थानीय सरकारका पनि समस्या भएको बताउँदै ती समस्या समाधानका लागि पालिकाबाट हुनसक्ने कुरा पालिकाबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले दुई ठूला दलको समीकरणमा सरकार बनेपछि स्थायित्व हुन्छ र लगानीको वातावरण बन्छ भन्ने आशा गरिए पनि अहिलेसम्म त्यस्ता वातावरण बन्न नसकेकामा चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ८ : १९ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल