संविधान संशोधन कि पार्टीमा सुधार ? | Khabarhub Khabarhub

संविधान दिवस

संविधान संशोधन कि पार्टीमा सुधार ?

राजनीतिक पार्टी नै धेरै समस्याका कारक हुन्



हामी नागरिकहरूको सार्वभौमसत्ता मतपत्र उचालेपछि सुरु हुन्छ र खसालेपछि समाप्त हुन्छ । प्रत्येक नागरिकमा समस्या एकातिर र छलफल अर्कातिर भएको परिराखेको छ । राजनीतिक पार्टीमा असल अभ्यास नहुँदा समस्या बढ्दो छ । तर, हामी संविधानमा समाधान खोजिरहेका छौँ ।

अहिले भने कस्तो अप्ठ्यारो छ भने यी प्रत्येक राजनीतिक दलहरू – जसलाई हामीले विश्वास गरेर मतपत्रमार्फत् सार्वभौमसत्ता सुम्पेको छौँ, त्यहाँभित्रको आन्तरिक लोकतन्त्र हेर्दा दयनीय छ । सबैले ‘म म’ भन्नु पर्छ । समस्या त्यहाँ छ । प्रत्येक नागरिकलाई थाहा छ ।

नेताहरूले ‘किन मानिसहरूले गाली गरिरहेका होलान् ?’ भन्नु होला । किनभने मैले तपाईंलाई जिम्मेवारी सुम्पिसकेको छु । पाँच वर्षलाई मतपत्र उचालेर फालिसकेको छु । मत पाएकाहरूले काम नगर्ने, अनि समस्या अन्त खोज्ने भन्ने छ नागरिकमा ।

‘कतै संविधानकै समस्या भएको हो कि !’ भन्नु होला । त्यो कत्ति पनि होइन । राजनीतिक पार्टीहरूले असल अभ्यास नगरेका कारण समस्या भएको हो । सबै नागरिकलाई के लागिरहेको छ भने ‘संविधान बनाइयो’ । यसो हेर्‍यो – नेताहरूले आफ्नो व्यवस्थापनमात्र गरिरहेको छ, नागरिकको त कहिल्यै चर्चा छैन ।

सांसदहरूले बोल्छन् कि भन्नेमा हुन्छन् नागरिक । तर, कोही केही बोल्दैनन् । यस्तो र उस्तो मात्रै भन्छन् । उल्टो के छ भने ती ठिङ्गा खेलेर बसिरहेका छन् । कहिल्यै नागरिकको कुरा बोल्दैनन् ।

यसो हेर्‍यो, प्रदेशको कुरा गर्‍यो । प्रदेशमा कसरी आफ्नै कार्यकर्तामात्र व्यवस्थापन गर्ने भन्ने छ । पार्टीसत्ता हेर्‍यो – पार्टीसत्ता मैले नै कब्जा गर्न पाउनुपर्छ । मैले भन्दा फरक विचार राख्ने सबै पार्टीलाई समाप्त गर्नुपर्छ भनिरहेको छ । नागरिकले त्यस्तो देखिरहेको छ ।

अहिले दलहरूले संविधान संशोधनमार्फत् समस्या समाधान खोजेका भनेका छन् । यहाँ सबै नेता हुनुहुन्छ । दुई–तीन पुस्ता पछाडिका नेताहरूले कसरी तपाईंको मूल्याङ्कन गर्दारहेछन् भनेर हेरिदिनुस् । यत्ति हेरिदिए पुग्छ ।

समाजवादी अर्थतन्त्रतर्फ जानुपर्छ भन्ने छ । नेपाल अहिले बिचौलिया अर्थतन्त्रबाट चलिरहेको छ । यो बिचौलिया अर्थतन्त्रलाई ट्रयाकमा ल्याएर पुँजीवादी अर्थतन्त्र विकास गरौँ भन्नुपर्ने बेला हो । तर, नेताहरूलाई समस्याको बोध नै भएको छैन

अहिले त तपाईँहरूले जसरी चलाउनु भएको छ, आफूलाई मीठो लाग्नेगरी चलाउनुभएको छ । ‘यो मान्छे मेरो होइन’ भन्दै गोदे पनि भएको छ । ती मानिसहरूलाई जहाँ पुर्‍याइदिए पनि भयो । जनताले तपाईंहरूका यी सबै गतिविधि बुझेका छन् ।

संविधानमा ‘पार्टी नभएसम्म दुनियाँ चल्दैन’ भनेर राखियो । ‘लोकतन्त्र पार्टीमार्फत नै आउने हो, बहुदलीय प्रणालीमाा गयौँ’ भनियो । तर, हालत के छ भने पार्टीको कमजोरीले निम्तिएको दुर्भाग्य नागरिकले भोग्नुपरेको छ ।

समाजवादी अर्थतन्त्रतर्फ जानुपर्छ भन्ने छ । नेपाल अहिले बिचौलिया अर्थतन्त्रबाट चलिरहेको छ । यो बिचौलिया अर्थतन्त्रलाई ट्रयाकमा ल्याएर पुँजीवादी अर्थतन्त्र विकास गरौँ भन्नुपर्ने बेला हो । तर, नेताहरूलाई समस्याको बोध नै भएको छैन ।

म उपभोक्ता हकहित संरक्षण मञ्चको अध्यक्ष पनि भएको नाताले नेपालमा आपूर्ति व्यवस्था कस्तो छ भनेर प्रत्येक दिन हिसाब गरेर बसिरहेको मानिसमा पर्छु । डेढ महिनाभन्दा बढीलाई पुग्ने चिनी छैन । दुई महिनाभन्दा बढीलाई पुग्ने चामल छैन यो देशमा । हामी चाहिँ समाजवादी अर्थव्यवस्थाको कुरा गर्छौँ ।

भारतकै कुरा गर्दा उसले अत्यधिक निर्यात गर्ने उत्पादन औषधि हो । त्यसका लागि चाहिने ८० प्रतिशत कच्चापदार्थ भारतले चीनबाट आयात गर्छ । जब कि उनीहरू अहिले पनि एकापसमा युद्धका निम्ति तम्तयार भएर बसेजस्ता देखिइन्छन् । यस्तो अन्तरसम्बन्ध भएको ठाउँमा रहेका हामीले कसरी आफ्नो आन्तरिक पुँजीवादी अर्थतन्त्र बलियो बनाउने भनी सोच्नुपर्ने हो । त्यसतर्फ केही भएजस्तो देखिँदैन ।

तपाईं (नेता)हरूको आन्तरिक लोकतन्त्रले डेलिभरी दिन नसकेका कारण यत्रो समस्या आइरहेको अवस्था छ । एकदिन त जनताले बुझ्लान् । त्यसैले तपाईंहरूप्रति जनताको आक्रोश संविधानमा नहुल्न आग्रह गर्छु

चामलको समस्या पनि हाम्रै कारणले निम्तिएको हो । यसअघिका प्रधानमन्त्रीले वास्ता गर्नुभएन । हामीले ‘भारतले धानको समर्थन मूल्य तोकेपछि मात्रै नेपालमा चामलको मूल्य तोकिदिऊँ है’ भन्दाभन्दै ३१ हजार मेट्रिक टन चामलको समर्थन मूल्य तोकियो । भारतले त्यो भन्दा महँगो बनाइदियो । नेपालको सबै चामल बाहिर गयो ।

नेपालको खाद्य आपूर्ति कम्पनीले खरिद गरे उसलाई रातो घर (अख्तियार दुरुपयोग अनुसन्धान आयोग)मा बयान दिन जानुपर्छ । भएको चामल सबै बाहिर गइदियो । यहाँ राष्ट्रिय सुरक्षामै यति ठूलो असर गर्ने काम भइरहेको छ ।

यस्तो अवस्था हुँदा पनि जनताको कुरा आउँदैन । त्यसैले धेरै समस्याका कारण राजनीतिक पार्टी नै हुन् । तपाईं (नेता)हरूको आन्तरिक लोकतन्त्रले डेलिभरी दिन नसकेका कारण यत्रो समस्या आइरहेको अवस्था छ । एकदिन त जनताले बुझ्लान् । त्यसैले तपाईंहरूप्रति जनताको आक्रोश संविधानमा नहुल्न आग्रह गर्छु ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ३ : १७ बजे

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुझाव

कर्णाली– कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा. भगवान कोइराला

आर्सनलसँगको हारले अप्ठेरोमा चेल्सी

काठमाडौं – इङ्लिस प्रिमियर सीपको आइतबार राति भएको खेलमा आर्सनलले

‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरू

धनकुटा–  गत साउनबाट धनकुटाको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै

काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट