संविधान संशोधन कि पार्टीमा सुधार ? « Khabarhub

संविधान दिवस

संविधान संशोधन कि पार्टीमा सुधार ?

राजनीतिक पार्टी नै धेरै समस्याका कारक हुन्



हामी नागरिकहरूको सार्वभौमसत्ता मतपत्र उचालेपछि सुरु हुन्छ र खसालेपछि समाप्त हुन्छ । प्रत्येक नागरिकमा समस्या एकातिर र छलफल अर्कातिर भएको परिराखेको छ । राजनीतिक पार्टीमा असल अभ्यास नहुँदा समस्या बढ्दो छ । तर, हामी संविधानमा समाधान खोजिरहेका छौँ ।

अहिले भने कस्तो अप्ठ्यारो छ भने यी प्रत्येक राजनीतिक दलहरू – जसलाई हामीले विश्वास गरेर मतपत्रमार्फत् सार्वभौमसत्ता सुम्पेको छौँ, त्यहाँभित्रको आन्तरिक लोकतन्त्र हेर्दा दयनीय छ । सबैले ‘म म’ भन्नु पर्छ । समस्या त्यहाँ छ । प्रत्येक नागरिकलाई थाहा छ ।

नेताहरूले ‘किन मानिसहरूले गाली गरिरहेका होलान् ?’ भन्नु होला । किनभने मैले तपाईंलाई जिम्मेवारी सुम्पिसकेको छु । पाँच वर्षलाई मतपत्र उचालेर फालिसकेको छु । मत पाएकाहरूले काम नगर्ने, अनि समस्या अन्त खोज्ने भन्ने छ नागरिकमा ।

‘कतै संविधानकै समस्या भएको हो कि !’ भन्नु होला । त्यो कत्ति पनि होइन । राजनीतिक पार्टीहरूले असल अभ्यास नगरेका कारण समस्या भएको हो । सबै नागरिकलाई के लागिरहेको छ भने ‘संविधान बनाइयो’ । यसो हेर्‍यो – नेताहरूले आफ्नो व्यवस्थापनमात्र गरिरहेको छ, नागरिकको त कहिल्यै चर्चा छैन ।

सांसदहरूले बोल्छन् कि भन्नेमा हुन्छन् नागरिक । तर, कोही केही बोल्दैनन् । यस्तो र उस्तो मात्रै भन्छन् । उल्टो के छ भने ती ठिङ्गा खेलेर बसिरहेका छन् । कहिल्यै नागरिकको कुरा बोल्दैनन् ।

यसो हेर्‍यो, प्रदेशको कुरा गर्‍यो । प्रदेशमा कसरी आफ्नै कार्यकर्तामात्र व्यवस्थापन गर्ने भन्ने छ । पार्टीसत्ता हेर्‍यो – पार्टीसत्ता मैले नै कब्जा गर्न पाउनुपर्छ । मैले भन्दा फरक विचार राख्ने सबै पार्टीलाई समाप्त गर्नुपर्छ भनिरहेको छ । नागरिकले त्यस्तो देखिरहेको छ ।

अहिले दलहरूले संविधान संशोधनमार्फत् समस्या समाधान खोजेका भनेका छन् । यहाँ सबै नेता हुनुहुन्छ । दुई–तीन पुस्ता पछाडिका नेताहरूले कसरी तपाईंको मूल्याङ्कन गर्दारहेछन् भनेर हेरिदिनुस् । यत्ति हेरिदिए पुग्छ ।

समाजवादी अर्थतन्त्रतर्फ जानुपर्छ भन्ने छ । नेपाल अहिले बिचौलिया अर्थतन्त्रबाट चलिरहेको छ । यो बिचौलिया अर्थतन्त्रलाई ट्रयाकमा ल्याएर पुँजीवादी अर्थतन्त्र विकास गरौँ भन्नुपर्ने बेला हो । तर, नेताहरूलाई समस्याको बोध नै भएको छैन

अहिले त तपाईँहरूले जसरी चलाउनु भएको छ, आफूलाई मीठो लाग्नेगरी चलाउनुभएको छ । ‘यो मान्छे मेरो होइन’ भन्दै गोदे पनि भएको छ । ती मानिसहरूलाई जहाँ पुर्‍याइदिए पनि भयो । जनताले तपाईंहरूका यी सबै गतिविधि बुझेका छन् ।

संविधानमा ‘पार्टी नभएसम्म दुनियाँ चल्दैन’ भनेर राखियो । ‘लोकतन्त्र पार्टीमार्फत नै आउने हो, बहुदलीय प्रणालीमाा गयौँ’ भनियो । तर, हालत के छ भने पार्टीको कमजोरीले निम्तिएको दुर्भाग्य नागरिकले भोग्नुपरेको छ ।

समाजवादी अर्थतन्त्रतर्फ जानुपर्छ भन्ने छ । नेपाल अहिले बिचौलिया अर्थतन्त्रबाट चलिरहेको छ । यो बिचौलिया अर्थतन्त्रलाई ट्रयाकमा ल्याएर पुँजीवादी अर्थतन्त्र विकास गरौँ भन्नुपर्ने बेला हो । तर, नेताहरूलाई समस्याको बोध नै भएको छैन ।

म उपभोक्ता हकहित संरक्षण मञ्चको अध्यक्ष पनि भएको नाताले नेपालमा आपूर्ति व्यवस्था कस्तो छ भनेर प्रत्येक दिन हिसाब गरेर बसिरहेको मानिसमा पर्छु । डेढ महिनाभन्दा बढीलाई पुग्ने चिनी छैन । दुई महिनाभन्दा बढीलाई पुग्ने चामल छैन यो देशमा । हामी चाहिँ समाजवादी अर्थव्यवस्थाको कुरा गर्छौँ ।

भारतकै कुरा गर्दा उसले अत्यधिक निर्यात गर्ने उत्पादन औषधि हो । त्यसका लागि चाहिने ८० प्रतिशत कच्चापदार्थ भारतले चीनबाट आयात गर्छ । जब कि उनीहरू अहिले पनि एकापसमा युद्धका निम्ति तम्तयार भएर बसेजस्ता देखिइन्छन् । यस्तो अन्तरसम्बन्ध भएको ठाउँमा रहेका हामीले कसरी आफ्नो आन्तरिक पुँजीवादी अर्थतन्त्र बलियो बनाउने भनी सोच्नुपर्ने हो । त्यसतर्फ केही भएजस्तो देखिँदैन ।

तपाईं (नेता)हरूको आन्तरिक लोकतन्त्रले डेलिभरी दिन नसकेका कारण यत्रो समस्या आइरहेको अवस्था छ । एकदिन त जनताले बुझ्लान् । त्यसैले तपाईंहरूप्रति जनताको आक्रोश संविधानमा नहुल्न आग्रह गर्छु

चामलको समस्या पनि हाम्रै कारणले निम्तिएको हो । यसअघिका प्रधानमन्त्रीले वास्ता गर्नुभएन । हामीले ‘भारतले धानको समर्थन मूल्य तोकेपछि मात्रै नेपालमा चामलको मूल्य तोकिदिऊँ है’ भन्दाभन्दै ३१ हजार मेट्रिक टन चामलको समर्थन मूल्य तोकियो । भारतले त्यो भन्दा महँगो बनाइदियो । नेपालको सबै चामल बाहिर गयो ।

नेपालको खाद्य आपूर्ति कम्पनीले खरिद गरे उसलाई रातो घर (अख्तियार दुरुपयोग अनुसन्धान आयोग)मा बयान दिन जानुपर्छ । भएको चामल सबै बाहिर गइदियो । यहाँ राष्ट्रिय सुरक्षामै यति ठूलो असर गर्ने काम भइरहेको छ ।

यस्तो अवस्था हुँदा पनि जनताको कुरा आउँदैन । त्यसैले धेरै समस्याका कारण राजनीतिक पार्टी नै हुन् । तपाईं (नेता)हरूको आन्तरिक लोकतन्त्रले डेलिभरी दिन नसकेका कारण यत्रो समस्या आइरहेको अवस्था छ । एकदिन त जनताले बुझ्लान् । त्यसैले तपाईंहरूप्रति जनताको आक्रोश संविधानमा नहुल्न आग्रह गर्छु ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ३ : १७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक