आजका समाचार : प्रतिनिधिसभामा प्रधानमन्त्रीको जवाफदेखि गठबन्धनको साझा संकल्पसम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रतिनिधिसभामा प्रधानमन्त्रीको जवाफदेखि गठबन्धनको साझा संकल्पसम्म


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

संसदमा कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा
संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहरकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

लामिछानेले तालुकदार मन्त्रालयको नेतृत्व गरिरहँदा प्रहरीले निष्पक्ष अनुसन्धान गर्न नसक्ने कांग्रेसको तर्क छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमा कांग्रेस नेता दीपक गिरीले लामिछानेको राजीनामासँगै उनलाई गृहमन्त्रीमा नियुक्त गर्नुको कारण प्रधानमन्त्री पुष्पकमल दाहालसँग मागेका छन् ।

सांसद गिरीले भने, ‘गृहमन्त्री नियुक्तको विषय संसदमा आएर दिनु‍पर्‍यो । टेलिभिजन कार्यक्रम फायरसाइडमा होइन ।’

प्रधानमन्त्रीको जवाफमा कांग्रेसको चित्त बुझेन

रवि लामिछाने दोषी देखिए कारबाहीबाट कसैले रोक्न सक्दैन

देशमा सुशासन कायम गर्न कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लिइएको छ : प्रधानमन्त्री

प्रहरी समायोजनको काम सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

उपेक्षित वर्गको अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

‘जग्गाधनी प्रमाणपत्र वितरण शीघ्र सम्पन्न हुन्छ’

स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान हुन्छन् : प्रधानमन्त्री

रूकुम पश्चिमको चौरजहारी विमानस्थल सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाउँछु

जग्गाधनी प्रमाणपत्र वितरणका बाँकी काम शीघ्र सम्पन्न हुन्छ

पाँच दलीय गठबन्धनको न्यूनतम कार्यक्रम सार्वजनिक
पाँच दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । पाँच दलीय गठबन्धनले १० जना नेताको संयन्त्र बनाएर न्यूनतम कार्यक्रम बनाएको थियो ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सिंहदरबारबाट साझा कार्यक्रम सार्वजनिक गर्दै छन् ।

फागुन २१ गतेबाट औपचारिक रूपमा पाँच दलीय गठबन्धन अगाडि बढेको छ ।

भ्रष्टाचारको फाइल खोल्ने र दोषीलाई नछाड्ने गठबन्धनको बाचा

रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यले लगानी गर्ने

साझा संकल्प : सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी प्रबन्ध

न्यूनतम साझा कार्यक्रम : वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने

यो समीकरण मेरो प्रधानमन्त्री पदका कारणले बनेको होइन : प्रधानमन्त्री

लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण गर्ने साझा संकल्प

४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई गृहमन्त्रीको चुनौती
गृहमन्त्री रबि लामिछानेले ४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई चुनौती दिएका छन् ।

लामिछानेले संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काङ्ग्रेसलाई चुनौती दिएका हुन् ।


काङ्ग्रेसले संसद् अवरोध गर्नु उसको अधिकारको विषय भएको तर आफूले काम गरिरहने लामिछानेले बताए । उनले भने, ‘काङ्ग्रेसले संसद अवरोध गर्नु अधिकार हो, म काम गर्छु । काम गर्ने भनेरै अगाडि बढेको छु ।’

ठाडो उजुरीमा राजीनामा माग्ने हो भने यो कस्तो काङ्ग्रेसको रणनीति हो रु उनले काङ्ग्रेस लाई प्रश्न गरे।

गृहमन्त्री लामिछाने विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन

मिटरब्याज पीडितका गुनासा सुनुवाइका लागि सहजीकरण डेस्क स्थापना गर्न गृहको निर्देशन

ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक

ओलीको व्यंग्य : सत्ता छुटेको पीडामा कांग्रेस छाती पिटेर रुँदैछ

११ जिल्लाका सीडीओ फेरिए

चिनियाँ राजदूत सोङ र अर्थमन्त्री पुनबीच भेट

कृष्णबहादुर महरालाई राजीनामा दिन माओवादीको निर्देशन

भारतको चुनावका कारण माओवादीको हुलाकी राजमार्ग अभियान स्थगित

लोसपाको केन्द्रिय समिति बैठक बर्दिबासमा सुरु

पाथीभराबाट एक करोड बढी भेटी संकलन
इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा रु एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी संकलन भएको छ । चालु आर्थिक वर्षको साउन १ देखि गत फागुन ३० गतेसम्म सो भेटी संकलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए।

समितिले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु ९९ लाख ६४ हजार ५६ नगद र चार लाख ९५ हजार एक सय आठ बराबरको जिन्सी संकलन भएको समितिका अध्यक्ष राईले जानकारी दिए । जिन्सीअन्तर्गत सुन, चाँदीलगायत विधिन्न धातु संकलन हुने गरेको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल

एक सातामा काभ्रेका अठार स्थानमा आगलागी

पर्वतको पैयुँ पालिकामा बाँदर धपाउन कर्मचारी !

अन्तर्राष्ट्रिय…

बस दुर्घटनामा ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते
केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको माउन्गुमा स्थानीय समयअनुसार सोमबार साँझ ५ः५० बजे केन्याटा युनिभर्सिटीका विद्यार्थीहरू तटीय शहर मोम्बासातर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

म्यान्मामा हवाई आक्रमणमा २० जनाको मृत्यु, राष्ट्रसङ्घ प्रमुखद्वारा चिन्ता व्यक्त

ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैंक अफ जापान’ को घोषणा

चक्रवातका कारण ७०० जना अलपत्र

साउथ चाइना सी मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई छैन: चीन

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ७ : ५८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको