बजेटको दुरुपयोग भयो, रिराइट गर्नुपर्छ : कांग्रेस  « Khabarhub

बजेटको दुरुपयोग भयो, रिराइट गर्नुपर्छ : कांग्रेस 


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले  प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बन्धित मन्त्रीहरूलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनुपर्ने माग गरेका छन् । 

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्रीहरूले आफ्नै जिल्लामा बजेट लैजाने कुराले ज्यादा अपरिपक्व, गैर जिम्मेवार र अत्यन्त दुरुपयोग भएको बताए । 

उनले भने, ‘बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मूल मान्यतामा नै त्रुटि भयो। मन्त्रीजीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैर जिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो। यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो। प्रधानमन्त्रीजीले सम्बन्धित मन्त्रीजीहरूलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनु पर्छ। सदनमा यति कुरा उठिसकेपछि राजनीतिक र नैतिक दबाबमा प्रधानमन्त्री हुनुपर्छ’

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ४ : १६ बजे

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक