युरोकप २०२४ : क्रोएसिया र अल्वानियाको रोमाञ्चक बराबरी « Khabarhub

युरोकप २०२४ : क्रोएसिया र अल्वानियाको रोमाञ्चक बराबरी


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल २०२४ अन्तर्गतको खेलमा क्रोएसिया अल्वानियासँग बराबरीमा रोकिएको छ । बुधबार सम्पन्न खेलमा क्रोएसिया र अल्वानियाले २–२ गोलको बराबरी खेलेका हुन् ।

खेलमा अल्वानियाले सुरुवाती अग्रता बनाएको थियो । ११ औं मिनेटमा क्वासिम लासीले गोल गर्दै अल्वानियालाई अग्रता दिलाएका थिए । खेलको ७४औं मिनेटमा क्रोएसियाका आन्द्रे क्रामारिकले बराबरी गोल फर्काए ।

यस्तै ७६औं मिनेटमा अल्वानियाका क्लाउस गासुलाल आत्मघाती गोल गर्दा क्रोएसियाले २–१ को अग्रता बनाएको थियो । उनै गासालुले इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीको अवस्थमा त्याए ।

बराबरीसँगै दुवै टोलीले १–१ अंक जोडेका छन् । यसअघि पहिलो खेलमा क्रोएसिया स्पेनसँग ३– ० ले पराजित भएको थियो । त्यस्तै

अल्वानियाले पनि इटलीसँग २–१ को हार व्यहोरेको थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ९ : ४७ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस