माइक्रोसफ्टको सर्भरमा समस्या- विश्वभरका बैंक र सञ्चारगृह प्रभावित, जहाजको उडान पनि रोकियो « Khabarhub

माइक्रोसफ्टको सर्भरमा समस्या- विश्वभरका बैंक र सञ्चारगृह प्रभावित, जहाजको उडान पनि रोकियो


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार विश्वभरका कयौँ बैंक, हवाई एयरलाइन्स र टेलिकम्युनिकेशनको काम अचानक ठप्प्प भएको छ ।

कयौँ टेलिभिजन र प्रसारण कम्पनीको काम पनि रोकिएको छ । माइक्रोसफ्टको सर्भर ठप्प्प हुन पगेपछि विश्वभर यो समस्या आएको हो । माइक्रोसफ्टले यस समस्याको समाधान कोसिस भइरहेको जनाएको छ।

आईटी प्रणाली ठप्प हुँदा अस्ट्रेलियाको सिड्नी एयरपोर्ट र युनाइटेड एयरलाइन्सको उडान नै रोकिएको छ ।

अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वभरमा आफ्ना उडान रोकेका छन् । यी कम्पनीले अहिले उडिरहेका बाहेक अन्य कुनै पनि जहाज तत्काल विमानस्थलमै रहने जनाएको छ।

बेलायतमा रेल कम्पनीहरूकव अपरेशन रोकिएको छ । एक प्रमुख रेल कम्पनीले ठूलो प्राविधिक समस्या झेल्नु परेको जनाएको छ। यसका कारण रेल सञ्चालनमा असर पर्न सक्ने कम्पनीले जनाएको छ।

आईटी प्रणाली ठप्प हुँदा बर्लिन एयरपोर्टमा चेक-इनका क्रममा समस्या भएको छ । स्पेनका सबै विमानस्थलमा पनि आइटी प्रणालीको समस्याले सताएको छ।

बेलायतमा स्काई न्यूज च्यानल अफ एयर भएको छ। अस्ट्रेलियामा टेलिकम्युनिकेशन ग्रुप टेलस्ट्राको सेवामा समस्या आएको छ।

अस्ट्रेलियाको सिड्नीमा विमानको उडान प्रभावित भएको छ । युनाइटेड एयरलाइन्सले आफ्नो हवाई सेवा रोकेको छ । लण्डनमा स्टक एक्सचेन्जमा प्राविधिक समस्या देखिएको छ ।

अमेरिकाको अलास्कामा आपातकालीन फोन सेवामा पनि असर देखिएको छ । अलास्काको पुलिसले फेसबुकमा पोस्ट गर्दै पूरा राज्यमा यस फोन सेवासँग सम्बन्धित सबै कल सेन्टरको काम बन्द भएको छ।

भारतमा राजधानी दिल्लीको एयरपोर्टले ट्विट गर्दै विश्वभर आएको समस्याका कारण केही सेवामा असर परेको जनाएको छ ।

दिल्ली एयरपोर्टका अनुसार यात्रुहरूलाई कुनै पनि समस्या आउन नदिन सबै साझेदारहरूसँग नियमित सम्पर्क भइरहेको छ ।

एयर इन्डियाले पनि यस संकटबारे ट्विट गरेको छ। माइक्रोसफ्टको सर्भर खराबी आउँदा आफूहरूको प्रणालीमा असर परेको एयर इन्डियाले उल्लेख गरेको छ। एयर इन्डियाले यात्रीसँग माफी मागेको छ ।

एयर इन्डियाले अहिलेको समस्यालाई ख्याल गरेर मात्रै यात्राको तालिका बनाउन भनेको छ ।

इन्डिगो एयरलाइन्सले पनि ट्विट गरेर माइक्रोसफ्टको सर्भरमा आएको गडबडीका कारणले यात्रुले विमानस्थलमा धेरै समय कुर्ने अवस्था आएको जनाएको छ ।

स्पाइस जेटले पनि यस संकटबारेमा जानकारी दिँदै विमानको अपडेट दिन समस्या झेल्नुपरेको जनाएको छ । उक्त समस्या ठीक गर्ने कोसिस भइरहेको उसले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ३ : ०४ बजे

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला