रविको गुनासो – कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ « Khabarhub

रविको गुनासो – कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदनमा माफी मागेका छन् । उनले कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजेको गुनासो समेत गरे । 

उनले बुधवार राष्ट्रिय भेलामा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सहकारीको गोरखा मिडियामार्फत सहकारीको रकम अपचलन गरेको आरोपबारे लेखेका हुन् । 

उनले प्रतिवेदनमा लेखेका छन्, ‘मेरा कुनै बेलाका गैर-राजनीतिक तथा अत्यन्त व्यक्तिगत विषयको भारी सिङ्गो पार्टीले अनाहकमा बोक्नु पर्‍यो, यसमा म दुःखी छु ।’ 

रविले मान्छेका रूपमा मेरा आफ्ना कैयौँ कमजोरी भए पनि  आफूबाट अनैतिक, असामाजिक र अराजनीतिक काम नभएको दाबी समेत गरेका छन् । 

यता सहकारी समितिले आफ्नो प्रतिवेदनमा रवि लामिछानेलाई गोरखा मिडियामार्फत सहकारीको रकम लिएको र १५ प्रतिशत  शेयर पनि गैर कानुनी भएको भन्दै कारबाही लागि सिफारिस गरेको छ । 

यस्तो छ रविको सहकारीबारे भनाइ, ‘प्रतिनिधि मित्रहरू, यो प्रतिवेदनमार्फत अरूको आलोचना भन्दा पहिला आफ्नै केही कमजोरी स्विकार्न चाहन्छु । यति धेरै आम चासोको व्यक्ति नहुँदाको बखत कैयौँ निजी मामिलालाई हल्कारुपमा लिनु र तिनको समयमै उचित कानुनी निकास दिन नसक्नु मेरो कमजोरी भयो । राजनीतिमा लाग्नुअघि नै यसरी सबै विषय वा सन्दर्भको योजनाबद्ध उत्खनन र आक्रमण हुन्छ भन्ने कुराको सही आंकलन मैले गर्न सक्नु पर्थ्यो । हुन त कुनै पनि आरोप सत्य छैन । तर, जति प्रश्न उठे, त्यति पनि ठाउँ दिन हुन्थ्यो भन्ने ठान्छु । मेरा कुनै बेलाका गैर राजनीतिक तथा अत्यन्त व्यक्तिगत विषयको भारी सिङ्गो पार्टीले अनाहकमा बोक्नु पर्‍यो, यसमा म दुःखी छु । आफ्नो तागतको हेक्का नराखी बोलिएका बोली, बडेमानका आश्वासन र त्यसैको आधारमा बढेको जनअपेक्षाका पहाड चढ्न हामीलाई निकै गाह्रो भएको सत्य स्विकार्ने अवसर पनि यही हो । मान्छेका रूपमा मेरा कैयौँ कमजोरी होलान् । तर, मबाट अनैतिक, असामाजिक र अराजनीतिक काम भएको छैन । राजनीति यतिसम्म निर्मम र निकृष्ट हुन्छ भन्ने अनुमान र त्यसको पूर्व तयारी गर्न नसक्नु मेरो कमजोरी हो । यसबाट मैले सिक्नुपर्ने विषय त छँदै छ, मलाई हेरेर अरू साथीहरूले पनि सिक्नु पर्ने धेरै विषय छन् । कैयौँ सीमितता र कमजोरीका बाबजुद पनि मलाई निसर्त र निस्वार्थ साथ दिने रास्वपा परिवारका सबै सदस्यप्रति ऋणी छु, नतमस्तक छु र आभारी छु ।

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ होइन रहेछ, तर । भन्दै बोली लरबराएको, शब्दजाल बुनेर बस्नु परेको छ । संसदीय समितिले प्रस्ट भन्यो कि, सहकारीबाट रवि लामिछानेले एक पैसा लिएको भेटिएन । अझै केही भ्रमहरू छन्, ती पनि तोडिन्छन्। एउटा शेयर सदस्य एवं कर्मचारीका रूपमा संस्थामा आएको पैसाको चेक काट्यो, कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदै छ । कार्यकारी अध्यक्षले ल्याएर संस्थामा राखेको पैसाको स्रोत कुन कर्मचारीले खोज्न मिल्छ रु राज्यको सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, कर विभाग जस्ता संयन्त्रले हेर्ने कि एउटा कर्मचारीले रु यो जिम्मा नलिए तँ जेल पर्छस् भन्ने हो भने कोही किन कुनै कम्पनीको सम्पत्तिको जोखिम सहन जागिर खान्छ रु यसले निजी व्यवसाय चल्न सक्छ रु’

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ३ : ४५ बजे

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१