रवि लामिछाने पक्राउको विरोध गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

रवि लामिछाने पक्राउको विरोध गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेका छन् ।

 लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरिरहेका छन्  ।

भाटभटेनी सरकार मुर्दावाद, सरकार मर्‍यो, जनातालाई जुठो पर्‍यो, सहकारी पीडितलाई न्याय दे, राजनीतिक प्रतिशोध बन्द गरलगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रर्दशन  गरिएको छ । 

 लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।

रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै विरोध गरिरहेको छ । सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको प्रतिवेदन दिएपछि पनि प्रतिशोध साँधेर पक्राउ गरेको आरोप उनीहरुले लगाएका छन् ।

 

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  २ : ०६ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन