ओसामा बिन लादेनका सहयोगी पक्राउ « Khabarhub

ओसामा बिन लादेनका सहयोगी पक्राउ


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अल कायदाका संस्थापक एवम् सेप्टेम्बर ११ हमलाका प्रमुख योजनाकर्ता ओसामा बिन लादेनको नजिकका सहयोगीलाई पक्राउ गरेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

पञ्जाबको आतङ्कवाद विरोधी विभागले गुजरात सहरबाट अमिन उल–हकलाई पक्राउ गरेको विज्ञप्तिमा जनाएको छ ।

आतङ्कवाद विरोधी विभागका प्रमुख उस्मान अकरम गोनादालले पत्रकार सम्मेलन गर्दै पक्राउ परेका उल हकलाई संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र संयुक्त राष्ट्र सङ्घले अल–कायदा र बिन लादेनको सहयोगीको रूपमा सूचीबद्ध गरेको जनाएका छन् ।

अफगानिस्तानबाट पश्चिमी नेटो सेना फिर्ता भएपछि उनी फेरी देखा परेका थिए । उनले अगस्टमा अफगानिस्तानको भ्रमण गरेर अल–कायदाको पुनर्गठन गर्ने प्रयास सुरु गरेका थिए ।

नेटो समर्थित अमेरिकी सेनाले सेप्टेम्बर ११ को आक्रमणमा संलग्न अल–कायदाका लडाकुहरूलाई हस्तान्तरण गर्न अस्वीकार गरेको भन्दै सन् २००१ मा तालिबानको पहिलो शासनलाई अपदस्थ गरेको थियो ।

आक्रमणका प्रमुख योजनाकर्ता बिन लादेन पछि पाकिस्तानमा बसेको पत्ता लागेको थियो । उनी सन् २०११ मा अमेरिकी कारबाहीमा मारिएका थिए ।

 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १२ : ३९ बजे

अपराजित लुम्बिनीको सानदार जित : जनकपुर १८ रनले पराजित

काठमाडौँ – अपराजित लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १८ रनले हाराएको

इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटा

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

काठमाडौँ – बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए

बुढानिलकण्ठ मन्दिर परिसरका अतिक्रमित घर भत्काइए (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–३ स्थित बुढानिलकण्ठ मन्दिर परिसरका अतिक्रमित घर भत्काइएको

प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका