तीन वटै तहको समन्वयमा राहत विवरण हुन्छ : मुख्यमन्त्री लामा « Khabarhub

तीन वटै तहको समन्वयमा राहत विवरण हुन्छ : मुख्यमन्त्री लामा


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पाटन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा राहत वितरणलाई प्रभावकारी बनाइने बताएका छन् ।

नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा क्षेत्र नं २  समितिले बाढीपहिरोले पुर्‍याएको क्षति र यसपछिको राहत, पुनःस्थापना, पुनःनिर्माणका विषयलाई सम्बोधन गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै आज उनले तीन वटै तहले दिने राहतका लागि कार्यविधि बनाएर काम गर्ने बताए ।

‘राहतका लागि पालिकाहरूलाई तत्कालै २० लाख रुपैयाँ र १५ लाख रुपैयाँ उपलब्ध गराइएको छ, मृत्यु भएका परिवारलाई एक लाख जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराएका छौँ’, उनले भने, ‘राहत तथा उद्धारका लागि १३ जिल्लाका लागि रु पाँच लाखका दरले जिल्ला प्रशासन कार्यालयमा रकम पठाइएको छ ।’

उनले प्रमाणीकरण भएपछि मृत्यु भएका बागमती प्रदेशभित्रका स्थायी बासिन्दा परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने समेत जानकारी दिए ।

मुख्यमन्त्री लामाले सबै जिल्लाबाट भौतिक र मानवीय क्षतिको विवरण प्राप्त भएपछि तथ्याङ्कअनुसार आवश्यक सहयोग उपलब्ध गराउने बताए ।

त्यस अवसरमा ललितपुर क्षेत्र नं २ को ‘२’ प्रदेशसभा सदस्य एवं संविधानसभा सदस्य रामकृष्ण चित्रकार, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्साललगायत नेपाली कांग्रेसका ललितपुर क्षेत्र नं २ का नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा क्षेत्र नं २ का सभापति महेश खड्काले १० वटै वडा र ललितपुर महानगरको ७, ८, ९ र १७ अत्यन्तै प्रभावित भएको अवगत गराउँदै महालक्ष्मी नगरपालिकालाई बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार विपद्ग्रस्त पालिका घोषणा गर्न छुट हुन गएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए।

‘यस क्षेत्रमा पर्ने कर्मनासा खोला, हनुमन्ते खोला, दुग्रेखोला र गोदावरी खोलाको आसपासका बस्तीहरू जलमग्न भई सबै घरहरूको एकतला पूरै डुबानमा परेको थियो’, उनले भने, ‘यहाँका खेती भइरहेका धानखेत, तरकारीबाली तथा खोलाको आसपासमा रहेका गाईगोठ, पशुचौपाया, कुखुरा फर्म समेतमा गरी करोडौँ रकम बराबरको क्षति भएको छ ।’

उनले यस विपत्तिबाट भएको समस्याको दीर्घकालीन समाधानका लागि खोला क्षेत्रको व्यवस्थापन, नदी नियन्त्रण एवं खोलाका किनारामा पनि सडक सञ्चालन गर्न अति आवश्यक भएको बताए ।

उनले नगरपालिकाको वडा नं २ को भोपोखरीको बोरिङ, १ र ४ को मोरेपाटी खानेपानीको मुहान गोदावरी नगरपालिका– १ को गोदामचौर मुहान पूर्ण रुपमा ध्वस्त भई हजारौँ परिवार खानेपानीबाट प्रभावित भएको जानकारी गराए ।

बाढी, पहिरोबाट महालक्ष्मी नगरपालिका-८, ९ र १० प्रभावित भई सात जनाको निधन भएको थियो । यी तीन वडाको करिब १० घर पूर्ण रूपले क्षति भई तत्कालै अस्थायी वासस्थान उपलब्ध गराउनुपर्ने नेपाली कांग्रेसको माग छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ३ : ११ बजे

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई