रास्वपाले उपनिर्वाचन हुने २६ स्थान र सामाजिक सञ्जाल मार्फत आन्दोलन गर्ने « Khabarhub

रास्वपाले उपनिर्वाचन हुने २६ स्थान र सामाजिक सञ्जाल मार्फत आन्दोलन गर्ने


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनको स्वरूप बदल्ने भएको छ। मङ्गलबार र बुधबार बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनका स्वरूपहरू बदल्ने निर्णय गरेको हो।

बैठकले उपनिर्वाचनमा आन्दोलनको प्रचार गर्ने र सामाजिक सञ्जाल मार्फत तथ्य र वैचारिक हिसाबले आन्दोलन गर्ने बताएको छ। तर सभापति हिरासतमा भएको ठाउँ पोखरामा भने शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने रास्वपाको भनाइ छ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले खबर हबसँग भने, ‘हामीले २६ ठाउँको उपनिर्वाचनमा भाग लिएका छौं । त्यहाँ हुने घरदैलो र कोडसभामा यो विषयहरू उठाउनेछौं। यस्तै सामाजिक सञ्जाल मार्फत आन्दोलनका विषयमा सत्य र तथ्य प्रमाणहरू सहित आवाजहरू उठ्नेछन् ।’

श्रेष्ठका अनुसार दुई दिन बसेको केन्द्रीय समितिको बैठकले अब सामाजिक सञ्जाल मार्फत वैचारिक र तथ्यगत हिसाबले आन्दोलन गर्न सबैबीच सहमति जुठेको हो।

मङ्सिर २ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने कास्की हिरासतमा छन् । उनलाई गत साता सुप्रिम सहकारीको अनुसन्धान गर्न रूपन्देही समेत लगिएको थियो। सभापति लामिछाने विरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी भएको छ। उनलाई काठमाडौँ पनि ल्याउने तयारी भइरहेको छ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ९ : ५६ बजे

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

काठमाडौं– एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ

कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश

आईएसमा आबद्ध आठ फ्रान्सेली नागरिकलाई इराकमा आजीवन कारावास

इराक– स्लामिक स्टेट (आईएस) आतङ्कवादी समूहमा आबद्ध भएको अभियोगमा इराकको

साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

अछाम- अछामको साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ। नयाँ

बालेनको भारत भ्रमणबारे भीम रावलले भने- सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्ति दोहोरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सत्ता