महानगरले भाटभटेनीलाई तिरायो २ लाख जरिवाना « Khabarhub

महानगरले भाटभटेनीलाई तिरायो २ लाख जरिवाना


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभाटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरपालिको कल सेन्टरमा मंसिर १९ मा सुपरमार्केटले ‘बासी सडेको र किरा लागेको खाना बेचेको गुनासो आएपछि अनुगमनका क्रममा देखिएको कैफियतका आधारमा जरिवाना गरिएको हो ।

महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) र (ड) बमोजिम कसुर गरेको पाइएको भन्दै सोही ऐनको दफा ३० (१), (ख) बमोजिम दुई लाख जरिवाना गरिएको भाटभटेनीलाई लेखिएको पत्रमा भनिएको छ ।

‘जरिवाना रकम महानगरपालिकाको राजश्व खातामा जम्मा गरी अब उपरान्त बिक्री गर्दा प्रचलित नेपालको कानूनको अधिनमा रही वस्तु उच्च गुणस्तर र खाद्य योग्य भएको निश्चित गरी मात्र बिक्री गर्ने प्रवन्ध मिलाउन होला,’ महानगरले भाटभटेनीलाई भनेको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : ५६ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको