कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ बनाइन्छ : प्रधानमन्त्री « Khabarhub

कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ बनाइन्छ : प्रधानमन्त्री


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले  कीर्तिपुरको  क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् ।

मन्त्रिपरिषद्को आजको बैठकले उक्त रङ्गशालामा प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । प्रधानमन्त्रीले तीन ‘सिफ्ट’मा काम गरेर  निर्धारित समयमा नै रङ्गशालालाई सुविधा सम्पन्न बनाइने बताएका छन् ।

‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रङ्गशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौँ,” प्रधानमन्त्री ओलीले सञ्जालमा लेखेका छन्, ‘आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ । अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ ।’

प्रधानमन्त्रीले क्रिकेट रङ्गशाला निर्माणका क्रममा पारस खड्कासहितका राष्ट्रिय खेलाडीहरूसँग छलफल गरेको बताउँदै रङ्गशालालाई  विश्वस्तरकोबनाइने उल्लेख गरे । साथै उनले रङ्गशाला निर्माणको काम शीघ्र पूरा गर्न तथा सुझावसँगै खबरदारी गर्न सबैलाई अनुरोध गरेका छन् ।

‘नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले पनि बरु अलि समय दिएरै विश्वस्तको रङ्गशालाको राम्रो ‘डिजाइन’ गरौँ, हतार नगरौँ भन्ने सल्लाह दिनुभएको थियो,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लाग्यो । त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो ।’

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : ३५ बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको