न्यूजील्याण्डविरुद्ध अर्जुन कुमालको अर्धशतक « Khabarhub

न्यूजील्याण्डविरुद्ध अर्जुन कुमालको अर्धशतक


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपालका अर्जुन कुमालले न्युजिल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ७३ बलमा अर्धसतक पुरा गरेका हुन् ।

जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २६ ओभरको खेल सकिँदा ५ विकेटका क्षतिमा १२६ रन बनाएको छ ।

नेपाल गुल्शन झा, कप्तान देव खनालसहित पाँच ब्याटरलाई गुमाएपछि ठूलो समस्यामा परेको छ ।कप्तान खनाल ३६ रन बनाएर आउट भए भने गुलशन झा र आकाश त्रिपाठी २–२ रनमा आउट भए ।

यसअधि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३ सय २ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि स्नेहित रेड्डीले अविजित १४७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै, कप्तान ओस्कार ज्याक्सन ७५ रन बनाएर आउट भए ।

त्यसैगरी, नेपाली बलर सुबास भण्डारीले ३ विकेट लिए भने गुलशन झाले २ विकेट तथा दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : ०९ बजे

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत