गृहमन्त्रीलाई संकेत गर्दै विनोद चौधरीको चेतावनी- स्टन्ट गर्नेलाई मेरो चरित्रको सर्टिफिकेट बुझाउनुपर्दैन | Khabarhub Khabarhub

गृहमन्त्रीलाई संकेत गर्दै विनोद चौधरीको चेतावनी- स्टन्ट गर्नेलाई मेरो चरित्रको सर्टिफिकेट बुझाउनुपर्दैन

‘४२ वर्षअघि बाँसबारीको १० रोपनी जग्गाको मूल्य कति नै पर्थ्यो होला र ?’


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्बपति सांसद विनोद चौधरीले विहीबार बिहान माइतीघरस्थित काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेर बाँसबारी जग्गा हिनामिना प्रकरणमा वयान दिए । केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीलाई वयान दिएर बाहिरिने क्रममा उनले सञ्चारकर्मीसामु करिब ४ मिनेट प्रतिक्रिया दिए ।

सञ्चारकर्मीसँगको कुराकानीमा चौधरीले बाँसबारीको सरकारी जग्गाको स्वामित्व कसरी चौधरी ग्रुपमा सर्‍यो भन्ने मूल प्रश्नको व्याख्या गरेनन् । बरु राज्यले उद्योगीलाई राजनीतिकरण गरेको भन्दै यो घटनाबाट संसारभरका युवाहरुको कस्तो सन्देश गयो होला भन्ने प्रश्न गरे । बाँसबारीको अनकन्टार जग्गाको त्यसबेलाको भाउ कौडीको रहेको उनले बताए ।

चौधरी नेपाली कांग्रेसका सांसद हुन् । तर, उनले उद्योगीहरुलाई राजनीतिकरण गर्न नहुने बताए । राजनीति र उद्योग व्यवसायलाई अलग्गै राखिनुपर्ने बताए । चौधरीले भने, ‘यस्ता प्रकारका गतिविधिहरुबाट निजी क्षेत्रलाई, उद्यमीलाई, लगानीकर्तालाई विशुद्ध राखिनुपर्दछ । राजनीतिको आफ्नो फोरम छ, त्यसको आफ्नो तरिका छ ।’

बाँसबारीको जग्गा आजभन्दा ४२ वर्षअघि खासै मूल्यवान् नरहेको उनको भनाइ छ । चौधरीले मिडियाकर्मीसँग भने, ‘४२ वर्ष अगाडि बाँसबारीजस्तो एउटा अनकन्टार ठाउँको कौडीको पनि भाऊमा नबिक्ने जग्गालाई आधार बनाई एउटा त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसीपको एउटा उत्कृष्ठ मोडेलका रुपमा खडा गरिएको एउटा नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःखलाग्दो छ । ४२ वर्ष अगाडिको १० रोपनी बाँसबारीको जग्गाको मूल्य कति नै पर्थ्यो होला र ?’

सीआइबीलाई वयान दिएर फर्किएका चौधरी ग्रुपका प्रमुख विनोद चौधरीले सञ्चारमाध्यमलाई दिएको प्रतिक्रिया जस्ताको त्यस्तै–

मलाई यहाँ आउनका लागि मौखिकरुपमा जानकारी गराइयो । म उहाँहरुको अनुसन्धानलाई एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मीको हिसाबबाट उहाँहरुको अनुसन्धानलाई सहयोग गर्न म यहाँ उपस्थित भएँ ।

४२ वर्ष अगाडि बाँसबारीजस्तो एउटा अनकन्टार ठाउँको कौडीको पनि भाऊमा नबिक्ने जग्गालाई आधार बनाई एउटा त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसीपको एउटा उत्कृष्ठ मोडेलका रुपमा खडा गरिएको एएटा नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो, त्यो अत्यन्त दुःखलाग्दो छ । ४२ वर्ष अगाडिको १० रोपनी बाँसबारीको जग्गाको मूल्य कति नै पर्थ्यो होला र ? यो कुरा सबैले बुझेका छन् नेपालभरि ।

यो देशकै एकमात्र निजी हजारौं रोपनीको निजी औद्योगिक ग्राम स्थापना गर्ने ग्रुपले मुलुकभरि नै विभिन्न १४० वर्षदेखि अझ व्यवस्थित रुपले ८० वर्षदेखि सम्पूर्ण देशभरि नै र विभिन्न परियोजना गर्ने ग्रुपले यो १० रोपनी जग्गाको बारेमा कुनै पनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपजबाहेक केही पनि होइन ।

मैले मेरो आफ्नो ४५ वर्षको लामो अभियानमा एउटा उद्यमीको हैसियतले एउटा उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको अध्यक्षको हैसियतले एउटा विचारकको हैसियतले र एउटा राजनीतिकर्मीको हैसियतले मैले जहिले पनि विकासको राजनीति गरें । मैले कहिल्यै पनि दलगत राजनीतिको पक्षमा अकारण नराम्रो कुरालाई कहिल्यै पनि प्रश्रय दिइनँ । कहिल्यै पनि कुनै पनि प्रकारका दलहरुका बीचका आपसी मतभेद, जोड घटाउमा सरिक भइनँ ।

मैले त्यस अर्थमा आफूलाई एउटा प्रोफेसनलको हैसियतले, विकासप्रेमीको हैसियतले हरेक फोरममा उभ्याएँ । तर, आज यो ईस्युमा भने उद्यमीलाई राजनीतिकरण गर्ने एउटा लगानीकर्तालाई राजनीतिकरण गर्ने यो प्रष्टसँग देखिएको छ ।

अत्यन्त कठिन परिस्थितिमा गुज्रिरहेको रहेको नेपाल आर्थिक दृष्टिकोणबाट यी कुराहरु दैनिक आउने गर्दछन् । यो बेलामा मजत्तिको मान्छेले यहाँ उभिएर यो कुरो भनिरहँदाखेरि नेपालभरिका र विश्वभरि रहेका नेपालका युवाहरुले, नेपालका उद्यमीहरुले, रोजगारदाताहरुले करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने कुराको हेक्का राज्यले राख्नुपर्ने हो । मैले अब ४५ वर्षको मेरो यात्रापछि चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनुपर्दैन, त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरुलाई ।

यस्ता प्रकारका गतिविधिहरुबाट निजी क्षेत्रलाई, उद्यमीलाई, लगानीकर्तालाई विशुद्ध राखिनुपर्दछ । राजनीतिको आफ्नो फोरम छ, त्यसको आफ्नो तरिका छ । म पनि नवलपरासी पश्चिमबाट यही विकासको प्लेटफर्ममा प्रत्यक्ष निर्वाचित सांसद हुँ र त्यो भूमिका मैले त्यही नै रुपमा अगाडि बढाएको छु । यो दुई चिजलाई जोड्ने काम मैले कहिल्यै गरेको छैन । भोलिको दिनमा पनि म गर्नेछैन । म यति नै भन्न चाहन्छु ।

यो पनि-
बाँसबारीको जग्गा : भगवानले खोलेको भित्री रहस्य

बाँसबारीमा ‘दाजु’ लाई पनि तान्ने सीआईबीको तयारी

मैले राजनीतिमा बिजनेश गरिदिएँ : विनोद चौधरी

चौरासी नजिकका अजित : चौधरीले फसाए कि आफैं ?

चौधरीको भित्रीकथा : कैंची बोकेर भारतबाट आएका भुरामलका नाति यसरी बने अर्बपति

 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  १ : २१ बजे

संसद्को अवरोध खोल्ने सभामुखको कोसिस, देउवा र गृहमन्त्रीसँग छलफल 

काठमाडौँ– नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन्

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं– अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन

गोयलको अलकत्रामा गडबडी, महासंघ भन्छ-क्षतिपूर्ति देऊ

काठमाडौं- सडक कालोपत्रे गर्दा प्रयोग गरिने अलकत्रा (बिटुमिन) को मुख्य

जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री, नवलकिशोर साह वनमा यथावत

काठमाडौं–गत आइतबार दर्ता भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट