आगामी बजेटमा हस्तकला क्षेत्रको माग – भ्याट छुट, सहुलियत कार्यक्रम लागू (भिडियो) « Khabarhub

आगामी बजेटमा हस्तकला क्षेत्रको माग – भ्याट छुट, सहुलियत कार्यक्रम लागू (भिडियो)


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको वैदेशिक व्यापारमा महत्वपूर्ण स्थान ओगट्दै आएको हस्तकला व्यवसाय कोभिडपछि भने केही खस्किएको छ ।

हस्तकला उद्यमीहरूको छाता संगठन हस्तकला उद्योग महासंघका अध्यक्ष प्रचण्ड शाक्यले खबरहबसँग कुरा गर्दै सो क्षेत्रको व्यवसाय कोभिड महामारी अवधिको तुलनामा २० प्रतिशतले खुम्चिएको बताए ।

तर, हस्तकला सम्बन्धित केही वस्तुहरूको भने अन्तर्राष्ट्रिय बजारमा माग बढेको उनको भनाइ छ । जसमध्ये एउटा – मोतीकलाको निर्यात ६५ प्रतिशतले वृद्धि भएको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा नेपाललाई परिचित गराउने एउटा महत्वपूर्ण क्षेत्रका रूपमा हस्तकलालाई लिने गरिएको छ । नेपालको अर्थतन्त्रमा योगदान गरेको र विश्वमा नेपालको पहिचान निरन्तर विस्तार गर्ने विषयमा महत्वपूर्ण भूमिका खेलेको यो क्षेत्रलाई सरकारले भने उचित ध्यान नदिएको सो क्षेत्रका उद्यमीहरूको गुनासो छ ।

हस्तकला महासंघको पहलपश्चात अहिले बागमती प्रदेशमा हस्तकला ग्रामको स्थापना भएको छ । महासंघका अध्यक्ष शाक्यले सरकारले आगामी आर्थिक वर्षको ल्याएको नीति तथा कार्यक्रमले सो क्षेत्रलाई राम्रोसँग सम्बोधन गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

युवाहरूलाई रोजगारीतर्फ प्रोत्साहन गर्ने र स्टार्टअपहरूलाई सहुलियत ऋण दिने कार्यक्रमले हस्तकला क्षेत्रलाई पनि फाइदा पुर्‍याउने अध्यक्ष शाक्यको बुझाइ छ । सो कार्यक्रमको माध्यमबाट हस्तकला क्षेत्रमा युवाहरू थपिने सम्भावना रहेको उनी बताउँछन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटमा हस्तकला क्षेत्रमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट)मा विशेष छुटको व्यवस्था हुनुपर्ने माग आफूहरूको रहेको अध्यक्ष शाक्यले बताएका छन् । हस्तकलाका उद्यमीहरू पलायन भइरहेको अवस्थामा सरकारले करमा सहुलियत दिने व्यवस्था ल्याएमा सहज हुने उनको भनाइ छ ।

हस्तकला उद्यमलाई पुस्तान्तर गर्ने विषय महत्वपूर्ण एवम्‌ चुनौतीपूर्ण रहेको सो क्षेत्रका उद्यमीहरूले बताउँदै आएका छन् । त्यसैले सरकारले ल्याउने आगामी आर्थिक वर्षको बजेटले सो विषयलाई सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ ।

अध्यक्ष शाक्यले अहिले नेपालमा बेरोजगारी दर बढ्दै गएकोले हस्तकलाको क्षेत्रमा नयाँ उद्योग खोल्ने विषयलाई सरकारले प्रोत्साहन दिनेगरी कार्यक्रम ल्याउन आवश्यक रहेको बताएका छन् । जसले गर्दा रोजगारी बढ्नुको साथै अर्थतन्त्र चलायमान बनाउन समेत त्यसले भूमिका खेल्ने उनको तर्क छ ।

भिडियो :

नयाँ बजेटमा यस्ता छन्‌ निर्माण व्यवसायीका माग र सुझाव (भिडियो)

आगामी बजेटमा शेयर लगानीकर्ताका माग – विदेशी भित्र्याउने, नाफा लैजान दिने ! (भिडियो)

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

बजेटमा सहकारी क्षेत्रको माग – राज्यले सहुलियतपूर्ण कर्जा दिनुपर्ने, मर्जरमा लैजानुपर्ने (भिडियो)

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ३ : १२ बजे

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र