खेलकुदमन्त्री श्रेष्ठको सम्पत्ति : १५ तोला सुन र काठमाडौंमा जग्गा « Khabarhub

खेलकुदमन्त्री श्रेष्ठको सम्पत्ति : १५ तोला सुन र काठमाडौंमा जग्गा


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्री विराजभत्त श्रेष्ठ सम्पत्तिमा मध्यमस्तरका देखिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार युवा तथा खेलकुद मन्त्री विराजभत्त श्रेष्ठसँग काठमाडौंमा जग्गा, सुन, नगद र शेयर रहेको देखिएको छ ।

सार्वजनिक विवरणअनुसार श्रेष्ठको काठमाडौंमा ६ आना जग्गा रहेको छ । यस्तै उनीसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको छ । विभिन्न बैंकहरूमा उनले आफ्नै नाममा ६० लाख भन्दा धेरै नगद मौज्दात रहेको उल्लेख गरेका छन् भने श्रीमतीको नाममा पनि २५ लाख मौज्दात रहेको विवरणमा उल्लेख गरेका छन् । 

मन्त्री श्रेष्ठको १ करोड ९ लाख ८० हजार ५ सय ९ रुपैयाँ शेयरमा पनि लगानी रहेको छ भने सवारी साधनको रुपमा ८ लाखको मोटरसाइकल, २ लाख ४६ हजारको स्कुटर र १९ लाख ७५ हजारको विद्युतीय गाडी रहेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ५ : ४० बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या