कान्तिपुरको कार्यालयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, सिरोहियालाई धनुषा लगिँदै « Khabarhub

कान्तिपुरको कार्यालयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, सिरोहियालाई धनुषा लगिँदै


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएसँगै वरिष्ठ अधिवक्ता शम्भु थापा थापाथली पुगेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईसहितको टोलीले सिरोहियालाई पक्राउ पुर्जी बुझाउँदै गर्दा थापा कार्यकक्षमा छिरेका हुन् ।

थापाले सिरोहियालाई अनुसन्धान र थप कारबाहीका लागि धनुषा लगिने भएकाले कानुन व्यवसायीहरू पनि साथमै जाने बताएका छन् ।

थापाले अर्का अधिवक्ता किशोर पौडेल सिरोहियासँगै धनुषा जाने बताएका छन् । सिरोहियालाई कानुनी सल्लाह दिन कानुन व्यवसायीहरू साथमै धनुषा जाने उल्लेख गरेका छन् ।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।
उनलाई पक्राउका लागि पुगेको टोलीले कार्यकक्षमै छिरेर पुर्जी थमाइसकेको छ । पुर्जी दिइसकेपछि उनलाई कान्तिपुरको कार्यालयबाट निकालेर धनुषातिर लैजाने तयारी गरिएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ५ : ५८ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको