वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी बढ्दै « Khabarhub

वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी बढ्दै


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी गर्ने सङ्ख्या बढ्दै गएको छ । 

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा आर्थिक वर्ष २०७७-०७८ मा आठ उजुरी परेकामा आव २०८०-०८१ मा त्यो सङ्ख्या ४७ पुगेको सामी कार्यक्रम बाँकेका संयोजक कमलसिंह नेपालीले जानकारी दिए। यो कार्यक्रम यहाँका चार स्थानीय तहमा सञ्चालित छ । 

वैदेशिक रोजगारीमा जानेलाई एउटा काम भनेर अर्को काममा लगाउने, एउटा कम्पनी भनेर अर्को कम्पनीमा लैजाने र जानुपूर्व दिने भनिएको तलबभन्दा न्यून तलब दिने समस्या रहेको बताइएको छ । 

‘सामी कार्यक्रम सञ्चालन भएपछि स्थानीयमा चेतना जागृत भएको अवस्था छ, त्यही भएर उजुरीको सङ्ख्या बढेको छ’, संयोजक नेपालीले भने । कतिपय ठगीका उजुरीमा जिल्ला प्रशासनले पीडित र पीडकलाई बोलाएर क्षतिपूर्ति दिलाएर मिलापत्र गराउने र नमिलेमा वैदेशिक रोजगार विभाग पठाउने गरेको उनले बताए। 

संयोजक नेपालीका अनुसार आप्रवासी स्रोत केन्द्रबाट एक वर्षमा १० हजार सात सय ३६ जना र कार्यक्रम सञ्चालन भएको चार वर्षमा २८ हजार ४ सय ६६ जनाले सूचना र परामर्श लिएका छन् । 

सोही कार्यक्रमका सामाजिक परिचालन अधिकृत घनश्याम वलीले यहाँका नेपालगञ्ज, कोहलपुर, खजुरा र बैजनाथमा सञ्चालित वित्तीय साक्षरता कक्षा प्रभावकारी भएको बताए।

वैदेशिक रोजगार बोर्डकी सामी कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले श्रम स्वीकृति लिइ दक्ष भएरमात्रै वैदेशिक रोजगारीमा जानु उचित हुने सल्लाह दिए। 

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १२ : ३६ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त