रास्वपाको कार्यालयमा गाँजाबाट बनेका सामानको स्टल (तस्बिरहरू) « Khabarhub

रास्वपाको कार्यालयमा गाँजाबाट बनेका सामानको स्टल (तस्बिरहरू)


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा आयोजना गरेको चियापान कार्यक्रममा स्वदेशी उत्पादनको पनि स्टल राखिएको छ ।

दोस्रो स्थापना दिवसको अवसरमा शुक्रबार च:मतीमा आयोजित चियापान कार्यक्रममा सहभागीहरूका लागि नेपाली मौलिक उत्पादनका स्टल राखिएको हो ।

ती स्टलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितले अवलोकन गरेका छन् ।

ती स्टलमा नेपालमा प्रतिबन्धित गाँजाबाट उत्पादति कपडा, जुत्तादेखि विभिन्न प्रकारमा सामग्रीहरू राखिएको छ ।

स्टल राखेका एकजना व्यवसायी प्रदीप कार्कीका अनुसार गाँजासहितका यी सबै सामग्रीहरू नेपालमै उत्पादन गरिएका हुन् ।

उनले सरकारद्वारा प्रतिबन्धित गाँजाका सामग्रीको व्यवसाय जोखिम मोलेर गरिरहेको बताएका छन् ।

‘मलाई सरकारले यहीँबाट समातेर लान पनि सक्छ । तर मैले जोखिम मोलेर गाँजाबाट यस्ता उत्पादन गर्न सकिन्छ भनेर व्यवसाय गरिरहेको छु’, उनले भने ।

यो स्टल राख्नका लागि रास्वपाले सहयोग गरेकोमा उनले धन्यवाद दिएका छन् । कार्कीले सुकाइएको गाँजाको रेसाबाट बनाइएका जुत्ता, झोला र रुमाल लगायत सामग्री स्टलमा राखेका छन् ।

अहिले रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । उनीमातहतका प्रहरी अहिले पनि गाँजालाई लागुऔषध भन्दै उखेल्ने र समात्ने अभियानमा लागिरहेका छन् ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : ०० बजे

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज