रास्वपाको कार्यालयमा गाँजाबाट बनेका सामानको स्टल (तस्बिरहरू) « Khabarhub

रास्वपाको कार्यालयमा गाँजाबाट बनेका सामानको स्टल (तस्बिरहरू)


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा आयोजना गरेको चियापान कार्यक्रममा स्वदेशी उत्पादनको पनि स्टल राखिएको छ ।

दोस्रो स्थापना दिवसको अवसरमा शुक्रबार च:मतीमा आयोजित चियापान कार्यक्रममा सहभागीहरूका लागि नेपाली मौलिक उत्पादनका स्टल राखिएको हो ।

ती स्टलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितले अवलोकन गरेका छन् ।

ती स्टलमा नेपालमा प्रतिबन्धित गाँजाबाट उत्पादति कपडा, जुत्तादेखि विभिन्न प्रकारमा सामग्रीहरू राखिएको छ ।

स्टल राखेका एकजना व्यवसायी प्रदीप कार्कीका अनुसार गाँजासहितका यी सबै सामग्रीहरू नेपालमै उत्पादन गरिएका हुन् ।

उनले सरकारद्वारा प्रतिबन्धित गाँजाका सामग्रीको व्यवसाय जोखिम मोलेर गरिरहेको बताएका छन् ।

‘मलाई सरकारले यहीँबाट समातेर लान पनि सक्छ । तर मैले जोखिम मोलेर गाँजाबाट यस्ता उत्पादन गर्न सकिन्छ भनेर व्यवसाय गरिरहेको छु’, उनले भने ।

यो स्टल राख्नका लागि रास्वपाले सहयोग गरेकोमा उनले धन्यवाद दिएका छन् । कार्कीले सुकाइएको गाँजाको रेसाबाट बनाइएका जुत्ता, झोला र रुमाल लगायत सामग्री स्टलमा राखेका छन् ।

अहिले रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । उनीमातहतका प्रहरी अहिले पनि गाँजालाई लागुऔषध भन्दै उखेल्ने र समात्ने अभियानमा लागिरहेका छन् ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : ०० बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त