तारादेवीको ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण « Khabarhub

तारादेवीको ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कवि तारादेवी सुनुवारले जागिरे जीवनको क्रममा रोल्पा बस्दाको अनुभूति समेटेर तयार गरेको अनुभूतिहरूको सङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण भएको छ ।

पुस्तकको शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच साहित्यकार डा. नवराज लम्साल, प्रतीक ढकाल, कवि मोमिला जोशी, कथाकार डा. अशोक थापा र लेखक तारादेवी सुनुवारले सम्युक्त रुपमा लोकार्पण गरेका हुन् ।

महिला विकास कार्यालय रोल्पामा कार्यरत रहँदा गरेको ‘दैनिक डायरी’लाई तारादेवीले पुस्तकको रूप दिएकी हुन् ।

साहित्यकार डा. लम्सालले लेखक तारादेवी सुनुवारको लेखन शैलीको प्रशंसा गर्दै उनले पहिलो बलमा नै ‘छक्का प्रहार’ गरेको तर्क गरे ।

तत्कालीन शसस्त्र युद्धको विषयवस्तु भएपनि बीचमा बसेर लेख्न सकेको भन्दै उनले लेखाइमा कुनै कुण्ठा, आवेग, दुराशय, चिन्ता नरहेको बताए । जीवन्त रहेको उनको पुस्तक रोल्पा चिन्न चाहने सबैले पढ्नैपर्ने बताए ।

पुस्तककी लेखिका सुनारले रोल्पाली दिदीबहिनीसँगको बसाइउनीहरूले भोगेको पीडा र त्यहाँको वास्तविकताले कृति तयार गर्न घच्घचाएको बताइन् ।

पुस्तकमा ग्रामीण जीवनको सुन्दरता, द्वन्द्वकालीन परिवेश, पारिवारिक विरासत र दैनिक अनुभवहरू समेटिएको छ । तत्कालीन शसस्त्र युद्धको क्रममा रोल्पाका गाउँका कथाहरू पुस्तकमा समावेश छन् ।

नेपाली र सुनुवार भाषामा बराबर कलम चलाउने ताराका  नेपाली भाषामा ‘परिस्थिति’, ‘अविरल’ तथा गजलसङ्ग्रह ‘सम्झनाका फूलहरू’ प्रकाशित छन् ।

यस्तै, सुनुवार भाषामा ‘थुँ थ्यानी संग्रह’, ‘देष् मपथु वोय’, कवितासंग्रह ‘सुया’गजलसंग्रह ‘झुल्पी फू’ प्रकाशित छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १२ : ३३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल