लिङदेन भन्छन्- ओली प्रधानमन्त्री बन्दा खुसी छौँ तर विश्वासको मत दिँदैनौँ  « Khabarhub

लिङदेन भन्छन्- ओली प्रधानमन्त्री बन्दा खुसी छौँ तर विश्वासको मत दिँदैनौँ 


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई विश्वासको मत नदिने स्पष्ट गरेका हुन् ।

अध्यक्ष लिङ्देनले आफू र आफ्नो दलको विगतमा एमालेसँग निर्वाचनमा तालमेल भएको उल्लेख गर्दै ओली प्रधानमन्त्री बन्दा आफू सबैभन्दा धेरै खुसी भएको बताए ।

उनले यसअघि पनि राप्रपाले २ पटक प्रधानमन्त्री ओली रहँदा विश्वासको मत दिएको स्मरण गर्दै सरकारले संविधान संशोधनको स्पष्ट खाका पेश गरेमा सरकारलाई सहयोग गर्ने पनि बताए ।

साथै उनले आम निर्वाचन हुनासाथ आफूले कांग्रेस र एमाले मिलेर सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै अहिले आएर काँग्रेस-एमाले एक भएको प्रसङ्गमा यो गठबन्धन सफल नभए के हुन्छ भन्दै प्रश्न गरेका थिए ।

अध्यक्ष लिङदेनले माओवादी केन्द्र र फरक विचार राखिरहेका आफूहरूलाई मान्य हुने गरी नयाँ सहमति गरेर अगाडी जान प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै