एमालेको चिन्ता अरूले लिनु पर्दैन, जनतामा छोडिदिनुस् : शंकर पोखरेल | Khabarhub Khabarhub

एमालेको चिन्ता अरूले लिनु पर्दैन, जनतामा छोडिदिनुस् : शंकर पोखरेल


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन फरक पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै बरु आआफ्नै पार्टी राम्रो बनाउनतिर लाग्न सुझाव दिएका छन् ।

विशेषगरी व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गा दानको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला उनले नेकपा एमालेलाई कस्तो बनाउने ? जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? भन्ने बारेमा एमालेलाई राम्रो हेक्का रहेको उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले)को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरूको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरूले आआफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि ! नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा एमालेजनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा (एमाले)लाई राम्ररी थाह छ ।’

महासचिव पोखरेलले एमाले ‘समृद्ध नेपाल सुखी नेपाली’ काे नारासहित जनताको आकाङ्क्षा पूरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको बताएका छन् ।

उनले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले नभइ आवधिक निर्वाचनले गर्ने भएकाले त्यसका लागि एमाले हरदम तयार रहेको स्पष्ट पारेका छन् ।

जनस्तरका सुझाव ग्रहण गर्नका लागि एमालेले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट–चिवाभञ्ज्याङ यात्रा गरेको स्मरण गराउँदै भविष्यमा पनि जनस्तरमा पुग्ने योजना रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : २३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय