एमालेको चिन्ता अरूले लिनु पर्दैन, जनतामा छोडिदिनुस् : शंकर पोखरेल « Khabarhub

एमालेको चिन्ता अरूले लिनु पर्दैन, जनतामा छोडिदिनुस् : शंकर पोखरेल


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन फरक पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै बरु आआफ्नै पार्टी राम्रो बनाउनतिर लाग्न सुझाव दिएका छन् ।

विशेषगरी व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गा दानको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला उनले नेकपा एमालेलाई कस्तो बनाउने ? जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? भन्ने बारेमा एमालेलाई राम्रो हेक्का रहेको उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले)को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरूको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरूले आआफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि ! नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा एमालेजनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा (एमाले)लाई राम्ररी थाह छ ।’

महासचिव पोखरेलले एमाले ‘समृद्ध नेपाल सुखी नेपाली’ काे नारासहित जनताको आकाङ्क्षा पूरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको बताएका छन् ।

उनले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले नभइ आवधिक निर्वाचनले गर्ने भएकाले त्यसका लागि एमाले हरदम तयार रहेको स्पष्ट पारेका छन् ।

जनस्तरका सुझाव ग्रहण गर्नका लागि एमालेले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट–चिवाभञ्ज्याङ यात्रा गरेको स्मरण गराउँदै भविष्यमा पनि जनस्तरमा पुग्ने योजना रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : २३ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट