गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान | Khabarhub Khabarhub

गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनका लागि मुठीदान अभियान सुरु गरिएको छ ।

विद्यालय नियमित सञ्चालनका साथै आवासीय रूपमा अध्ययनरत विद्यार्थी र अध्यापनरत गुरुहरूको भोजन व्यवस्थापनलाई लक्षित गरी मुठीदान अभियान सुरु गरिएको हो । 

कक्षा ६ देखि १० सम्म सञ्चालित विद्यालयमा पूर्वको सङ्खुवासभादेखि विभिन्न जिल्लाका २९ जना विद्यार्थीका साथै विषयगत शिक्षकहरू आवासीय रूपमा यहाँ बस्दै आएका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीले जानकारी दिए।

विद्यालयको अन्य आर्थिक स्रोतहरू नभएका कारण नियमित भोजन व्यवस्थापनलगायत प्रयोजनका लागि मुठीदान अभियान सुरु गरिएको उनले बताए । विद्यालयका लागि सरकारबाट वार्षिक रूपमा प्राप्त हुने १० लाख अनुदानबाहेक अन्य कुनै आम्दानी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले राससलाई जानकारी दिए । 

विद्यालयमा शौचालय, भोजनालयजस्ता अत्यावश्यकीय पूर्वाधारको समेत अभाव रहेको अध्यक्ष रेग्मीको भनाइ छ । मुठीदान अभियान सञ्चालनका लागि राधाकृष्ण मन्दिर शान्ति आश्रम र विद्यालयको संयुक्त पहलमा अन्नपात्रहरू तयार गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य एवं आश्रमका सचिव घनश्याम खनालले जानकारी दिए। अन्नपात्रलाई मुठीदान (भण्डारी) नाम दिइएको उनले जानकारी दिए।

करिब एक पाथी क्षमताका अन्नपात्र विद्यालयमा सहयोग गर्न इच्छुक महानुभावलाई हस्तान्तरण गरिन्छ ।  सहयोगदाताले आफ्नो नियमित खाना व्यवस्थापनमा हुने खर्चमध्ये केही छुट्याएर राख्ने र भरिएपछि मन्दिरमा उपलब्ध गराउने गर्दछन् । 

निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा राधाकृष्ण मन्दिर स्थापना भएपछिको महत्वपूर्ण उपलब्धिका रूपमा यहाँस्थित वृद्धाश्रम र गुरुकुल संस्कृत विद्यालयलाई  लिने गरिएको स्थानीयवासी बताउँछन् । मन्दिर स्थापनाको पाँच दशकपछि विसं २०७० मा स्वीकृति प्राप्त गरी २०७१ सालबाट राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनमा ल्याइएको हो । यहाँ कक्षा ६ देखि १० सम्मको अध्ययन–अध्यापन हुँदै आएको छ । 

संस्कृत माध्यमिक विद्यालयको पाठ्यक्रममा आधारित रही पठनपाठन भइरहेको सचिव खनालले जानकारी दिए। यसै क्षेत्रमा गर्ग र च्यवन ऋषिले तपस्या गरेका पौराणिक तथ्यहरूसमेत पाइएका कारण यहाँको समग्र विकासका लागि बृहत् अध्ययन–अनुसन्धान हुनु आवश्यक रहेको लेखनाथ पत्रकार मञ्चका अध्यक्ष एवं गर्ग तथा च्यवन ऋषि आश्रम खोज तथा अनुसन्धान समितिका अध्यक्ष कविराज खनाल बताउँछन्‌। 

ऐतिहासिक भूमिको खोज–अनुसन्धानसँगै यहाँका राधाकृष्ण शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयलगायत धार्मिक एवम् शैक्षिक क्षेत्रका विविधतालाई समेटेर यस क्षेत्रको विकास गर्नुु अपरिहार्य देखिएको अध्यक्ष खनालले बताए। 

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १ : ०६ बजे

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

बारा– कोल्हवी नगरपालिका-५ रामवनटोल बस्ने रत्न बहादुर तामाङको छोरा तीन वर्षीय युवान

सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकमले प्रकाशित

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौँ – उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न

दलभित्रको असहमतिको तत्काल समाधान खोजियोस् : सांसद भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले तत्काल सदनमा देखिएको

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

रूपन्देही– सिद्धार्थनगर नगरपालिका-३ स्थित सडकमा देवकोटा चोकबाट मेडिकल कलेजतर्फ जाँदै गरेको युपि