इजरायलको आक्रमणमा ८८ प्यालेस्टाइनीको मृत्यु « Khabarhub

इजरायलको आक्रमणमा ८८ प्यालेस्टाइनीको मृत्यु

इजरायललाई हतियार बिक्री गर्ने विपक्षमा अमेरिकी सिनेट


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – इजरायली सेनाले उत्तरी गाजामा गरेको दुई भिन्न आक्रमणमा ८८ जना प्यालेस्टाइनीको ज्यान गएको छ। बेहित लाहिया र गाजा सहरको सेख राडवनमा भएको आक्रमणमा सो ज्यान गएको हो। यसैबीच इजरायलले लेबनानको दक्षिणी क्षेत्र टाइयामा गरेको आक्रमणमा नौ जना लेबनानीको ज्यान गएको छ।

हिजबुल्लाहका नेता नियम कसिमले कुनै पनि हालतमा युद्ध विराम हुनुपर्ने र लेबनानको सार्वभौमसत्ता जोगाउनु पर्ने कुरामा अडिग छन्। बुधबार राति खायममा इजरायली सेनामाथि मिसाइल आक्रमण गरेको हिजबुल्लाहले जनाएको छ। अमेरिकी दूत आमोस हचेस्टाइन बेरुतमा वार्ता सकेर तेल अभिभ पुगे लगत्तै सो आक्रमण भएको थियो।

यता अमेरिकी सिनेटमा इजरायलमा हतियार बिक्री गर्ने प्रस्ताव अस्वीकार गरेको छ। अमेरिकाले इजरायललाई हतियार बिक्री गर्न सुरु गरेपछि संसदमा नै मतदान भएको यो पहिलो पटक हो।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ८ : १८ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक