गण्डकी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै « Khabarhub

गण्डकी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि सुनुवाइ हुँदैछ ।

हिजो न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलेको संयुक्त इजलासमा सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले वेशाख २५ गते मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा वैधानिकताको प्रश्न उठाउँदै वैशाख २७ गते रिट दायर गरेका थिए ।

उक्त रिटमा वैशाख २८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सो रिटमा प्रारम्भिक सुनाइ गर्दै अर्को सुनुवाइ नसकिएसम्म दीर्घकालीन असर गर्ने कुनै निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

पाण्डेले विश्वासको मत लिने क्रममा सभामुखको दुरुपयोग हुनुका साथै कूल ६० सदस्यीय प्रदेशसभामा ३० जनालाई बहुमत सिद्ध गरिएको उल्लेख गरेका छन् ।

उनले रिटमा गण्डकी प्रदेशका प्रदेशप्रमुख, मुख्यमन्त्री, सभामुखलगायतलाई विपक्षी बनाएका छन् ।

 

 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ८ : २४ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा