आज २०८१ साल असार ८ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल असार ८ गते शनिबारको राशिफल


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार ८ गते शनिबार तदनुसार सन् २०२४ जुन २२ तारिख। जेठ शुक्ल पक्षको पूर्णिमा तिथि। पनौती स्नान, भूमिरज। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : निर्णय क्षमता कमजोर बन्दा अवसर गुम्ने जोखिम हुनसक्छ। आफन्तबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।

वृष : समय रमाइलो छ। खेलकुद क्षेत्रमा मन जानेछ। मनोरञ्जन क्षेत्रले समय लिनेछ। घरजग्गामा लगानी भए मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : समयको सदुपयोग नगरे पश्चाताप हुनेछ। लगानीका अवसर धेरै छन्। स्वदेशमा स्वविवेकले गर्ने लगानीले उत्साह बढाउने छ। पारिवारिक क्षेत्रमा रमाइलो भेटवार्ता हुनेछ।

कर्कट : तपाईंको कामको आलोचना गर्ने सक्रिय छन्। पूर्वाग्रहीसँग सचेत बन्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट उत्साहजनक परिणाम प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ।

सिंह : समय रमाइलो छ। आज बनाएका योजना दीर्घकालीन हुने देखिन्छ। माया गर्ने र साथ दिने धेरै भएकाले समयको सदुपयोग गर्नु राम्रो हुन्छ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट नाम र दाम मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या : समय राम्रो छ। अरुलाई तर्साएर आफ्नो स्वार्थ पूरा गर्ने दिन छ। लगानी भए स्वास्थ्यबाट लाभ र शिक्षाबाट नाफा गर्ने दिन छ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम रहेको छ।

तुला : दिन सफल बन्नेछ। प्राविधिक शिक्षाको माध्यमबाट उत्साह बढ्नेछ। परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ। आज बल र पहुँच भन्दा बुद्धी र कलाले काम गर्नु राम्रो हुनेछ।

वृश्चिक : आज धनलक्ष्मी योग परेको दिन छ। समयको सदुपयोग गर्नु राम्रो हुन्छ। समयलाई अवमूल्यान नगर्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। लगानीका अवसरमध्ये प्राविधिक शिक्षाबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

धनु : बोलीको प्रभावले राम्रो काम बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त होला। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मकर : सामय सामान्य छ। आफन्तबाट असहयोग हुनेछ। झुटा आरोपको सामना गर्नुपर्ने जोखिम देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ। परिवारले शंका गर्ने दिन छ।

कुम्भ : लामो समयदेखि रोकिएको काम बन्नेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। धार्मिक कार्यमा मन जानेछ। जसले गर्दा मनमा उत्साह बढ्नेछ।

मीन : खर्च बढेर जानेछ। आफन्तबाट अपमानित हुनुपर्ने हुनसक्छ। थोरै बोलेर धेरै काम गर्नुपर्ने हुनसक्छ। बिहानै धार्मिक कार्यमा संलग्न हुनु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ५ : १६ बजे

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति