स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार « Khabarhub

स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नुवाकोटको विदुर–५ देवीघाटमा आयोजना गरिएको ‘बृहत स्वास्थ्य परीक्षण शिविर’मा एक हजार तीन सयभन्दा बढी बिरामीको उपचार गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी जालपादेवी उपशाखा देवीघाट र यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा शनिबार सम्पन्न शिविरमा विशेषज्ञ चिकित्सकमार्फत बिरामीको स्वास्थ्य जाँच, प्रयोगशाला परीक्षण र निःशुल्क औषधि वितरण गरिएको थियो ।

आयोजक यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीका अनुसार शिविरमा स्त्रीरोग तथा प्रसूतिसम्बन्धी भिडियो एक्सरे, पाठेघरको मुख र स्तनको क्यान्सरसम्बन्धी स्क्रिनिङ, नशा तथा हाडजोर्नी जाँच र प्रयोगशाला परीक्षण सेवा लिने बिरामीको सङ्ख्या बढी थियो ।

शिविरमा जाँच गराउन आएका बिरामीमध्ये केहीको स्वास्थ्य अवस्था निकै कमजोर भइसकेको र तत्कालै थप उपचार सेवा आवश्यक देखिएका बिरामीको पहिचान गरेर उनीहरूलाई जिल्लाको सरकारी अस्पताल (त्रिशूली अस्पताल)मा जाँच गराउन सिफारिस गरिएको छ ।

काठमाडौंबाट आएका तथा त्रिशूली अस्पताल नुवाकोटका विशेषज्ञ चिकित्सकसहित ३० स्वास्थ्यकर्मीको समूहले शिविरमा स्त्रीरोग तथा प्रसूति, आँखा तथा दृष्टिरोग, प्रयोगशाला, फिजिसियन तथा परामर्श सेवा, मनोरोग, नशा तथा हाडजोर्नीलगायत सेवा दिएको थियो । जाँच गराएका बिरामीलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो ।

शिविरमार्फत ग्रामीण क्षेत्रका महिला तथा ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको र आगामी दिन नुवाकोट तथा रसुवाका ग्रामीण एवं स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानमा शिविर सञ्चालन गरिने ट्रष्टका संरक्षक तथा प्रतिनिधिसभा सदस्य अजुर्ननरसिंह केसीले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ०९ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष