जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई १० बुँदे ध्यानाकर्षणपत्र « Khabarhub

जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई १० बुँदे ध्यानाकर्षणपत्र


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– जाजरकोटका राजनीतिक दलहरूले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । 

भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत अस्थायी आवास बापतको रकम प्राप्त नभएकाले यहाँका राजनीतिक दलका प्रतिनिधिले मुख्यमन्त्रीसँग गुनासोसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

सङ्घीय सरकारले निर्माण गरिरहेको मध्यपहाडी राजमार्गको मन्ताभीर खण्ड निर्माण नभएको, भूकम्पपछिको पुनःनिर्माण, सहुलियत कर्जा उपलब्ध गराउने लगायतका विषय ध्यानाकर्षण पत्रमा समेटिएको छ ।

प्रदेश सरकार मातहतको जिल्ला अस्पताल जाजरकोटलाई विशेषज्ञ सेवासहित सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापन गरिदिन आग्रह गरिएको छ । 

जाजरकोटका विभिन्न ठाउँमा रहेका काइननाईट, टुरमालीन जस्ता बहुमूल्य पत्थर खानी, बारेकोटको फलामखानी उत्खनन तथा प्रशोधनका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरिदिन आग्रह गरेको छ । ध्यानाकर्षण पत्रमार्फत सङ्घीय सरकारकै कार्यक्षेत्र रहेको नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाटलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अगाडि बढाउन आग्रह गरिएको छ । 

सङ्घीय सरकार मातहतका थलह चाँदे हुँदै जुम्ला जोडने सडक, थलह फूलकारी नदइडाव सडक, कुशे बाउली ढुङ्गा सडक, छेडा कचाली सडक, बारेकोट मुलसाव जुम्ला सडक निर्माण गर्न बजेट माग गरिएको छ । 

त्यस्तै सुयाडा, मष्टामन्दिर, पौराणिक स्तुपा निर्माणका लागि ध्यान दिन अनुरोध गरिएको नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य अमरसिंह राठोरले बताए।  

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  २ : ०२ बजे

रवि, बालेन र कुलमानबीच भएको सहमतिमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता