शंकर पोखरेल भन्छन्- कम्बोडियामा एमाले नेताहरूको लगानी पुष्टि गर्नेलाई त्यसको दोब्बर दान दिन्छौँ | Khabarhub Khabarhub

शंकर पोखरेल भन्छन्- कम्बोडियामा एमाले नेताहरूको लगानी पुष्टि गर्नेलाई त्यसको दोब्बर दान दिन्छौँ

रवि छानबिनमा तानिँदाको दोष एमालेलाई लगाइँदैछ


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रविरुद्ध जागरण सभा गरिएको बताएका छन् ।

नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले देशका दुई ठूला दल मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेको बेला यी षडयन्त्र भएको उनले बताए । ती षडयन्त्रलाई चिर्न जागरण सभा गरिएको पोखरेलले स्पष्ट पारे।

पोखरेलले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसालले कम्बोडियामा एमाले अध्यक्ष केपी शर्माओलीसहितका नेताहरूको लगानी छ भनेर गरेको प्रचारको पनि खण्डन गरे ।

जागरण सभालाई सम्बोधन गर्दै उनले कम्बोडियामा ओलीसहित एमाले नेताहरूको लगानी प्रमाणित गर्नेलाई त्यसको दोब्बर रकम दान दिने घोषणा गरेका छन् ।

‘कम्बोडियामा केपी शर्मा ओलीक‌ो लगानी छ भनेर भ्रम छरिँदैछ । हामीले कुनै पनि प्रकरणमा अभियोग लागेका मान्छेका हकमा छानबिनका लागि निलम्बन गर्छौँ’, उनले भने, ‘जोसुकैलाई अभियोग लाग्दा पार्टीले निलम्बन गर्छ । यदि कम्बोडियामा एमालेका कुनै नेताको लगानी रहेको पुष्टि भए त्यसको दोब्बर दान दिन तयार छौँ ।’

एमाले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण आक्रमण भएको उनले दाबी गरे । ‘हाम्रो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी र र आक्रमण हुँदै आएको छ, अहिले हाम्रो पार्टी एमालेलाई समाप्त पार्न अनेक खालका षडयन्त्र भइरहेका छन्’, उनले भने ।

एमालेलाई पटक पटक विभाजनको प्रयास गरिएका भए पनि कार्यकर्ता पंक्ति चट्टान जसरी उभिएर पार्टी जोगाएर अहिलेको अवस्थामा ल्याएको उनले बताए । एमालेविरुद्ध फैलाइएका सबै भ्रम कार्यकर्ताले चिर्दै आएका पोखरेलले स्पष्ट पारे ।

एमालेले रेलका कुरा गर्दा कागजको रेल बनाएर उडाउने काम गरिएको बताउँदै उनले चीन र भारतले नेपालमा रेललाई विस्तारको लागि चासो दिएका स्मरण गराए । ‘हामीले देखेका सपनाहरू नेपालको विकास र समृद्धिका सपना हुन् भन्ने कुरा हामीले प्रमाणित गर्यौ’, पोखरेलले भने ।

काम एउटाले गर्छ, जस अर्कालाई दिने नेपाली परम्परा बनेको उनले टिप्पणी गरे । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा विश्वमा उच्च आर्थिक प्रगति गर्ने मुलुकको सूचीमा नेपाल परेको भए पनि उनको खुट्टा तान्ने काम भइरहेको उनले बताए ।

‘देश बनाउने पार्टी एमाले हो, काम गर्नेलाई काम गर्न देऊ भन्न सक्नु पर्दछ, तब मात्र देश बन्दछ’, पोखरेलले भने ।

नेपालमा सबै प्रकारका सङ्कटको समाधान एमालेबाट मात्र सम्भव भएको पोखरेलले बताए । ‘केपी ओली नेतृत्वमा बनेको अहिलेको सरकार नेपालको अहिलेको सङ्कट समाधानको लागि बनेको सरकार हो’, उनले भने ।

राजनीतिक अस्थिरताको कारण नेपालको विकास हुन नसकेको उनले बताए । देशको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता, स्पष्ट दृष्टिकोण, बलिया राजनीतिक दल आवश्यक पर्ने उनले प्रष्ट पारे ।

एमालेसँग जोडेर विभिन्न प्रचार गरिएको बताउँदै उनले त्यसमा पार्टीको कुनै संलग्नता नरहेको उनले उनले स्पष्ट पारे । एमाले माथि जोडिएका सबै विषयका छानबिन गर्न पनि उनले चुनौती दिए ।

अराजकताविरुद्ध केपी ओली दह्रोसँग उभिएका कारण उहाँलाई बदनाम गराउने खेतीपाती गरिएको पोखरेलले टिप्पणी गरे ।

उनीहरूको यो खेती नटिक्ने पनि पोखरेलले दाबी गरे । ‘नेकपा एमाले जनाको हृदयमा छ, राष्ट्रको हृदयमा छ’,पोखरेलले भने ।

नेपाली समाजमा केही व्यक्तिहरू जे कुरालाई पनि षडयन्त्रको जालो रच्ने खेलमा लागेका उनले बताए ।

कम्बोडियामा भइरहेको कार्यक्रममा एमालेका नेताहरू भाग लिन जाँदा समेत अनेक कु-प्रचार गर्ने काम गरिएको भन्दै पोखरेलले आपत्ति जनाए ।

सहकारी छानबिनमा व्यक्तिकेन्द्रित नभएर घटनाकेन्द्रित छानबिन गरौँ भन्ने दल एमाले भएको उनले स्मरण गराए । पोखरेलले व्यक्तिकेन्द्रित भएर अनुसन्धान गरौँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले आफैँ अनुसन्धानको दायरामा रहेको बताए ।

त्यसको दोषसमेत अहिले एमालेमाथि लगाउने काम भइरहेको पोखरेलले सुनाए ।

एमाले देश बनाउने यात्रामा रहेको पोखरेलले बताएका छन् । देश बनाउने सन्दर्भमा प्राप्त सबै सुझाव एमालले ग्रहण गर्ने पोखरेलले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  २ : ५० बजे

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा