प्रधानमन्त्री भन्छन्- मलाई त्रिविसँग लिनुदिनु केही छैन, शैक्षिक सुधारमा लाग्नुहोस्
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज करिब तीन घण्टा लामो अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका छन् ।
प्रधानमन्त्री ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकार भएका पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरू प्रस्तावका रूपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए ।
गत मङ्सिर २७ गते कीर्तिपुरमा भएको त्रिविको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबीचको दूरी बढेको महसुस भएपछि कुलपति ओलीले विस्तृत छलफल गर्न आजका लागि समय निर्धारण गरेका हुन । सिनेट सदस्यहरूले कुलपतिस्तरबाट यस प्रकारको बैठक पहिलो पटक राखिएको र आफ्ना कुराहरू खुलेर राख्न पाइएको बताएकामा धन्यवाद दिए ।
प्रधानमन्त्रीले मागे त्रिवि समस्या समाधानको प्रस्ताव
वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको हो : शेखर कोइराला
विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँ : सभामुख घिमिरे
देशको अर्थतन्त्रमा स्थानीय मेला महोत्सवको योगदान महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ
राप्रपा कोशी प्रदेश समितिले पौष १३ गते इटहरीमा विरोध सभा गर्ने
दलका नेताविरुद्धको मुद्दा फिर्ता लिनेसम्बन्धी विधेयकबाट पछि हट्यो सरकार
अदालतमा चलिरहेका राजनीतिक दलका नेताहरूविरुद्धको मुद्दा फिर्ता लिनेसम्बन्धी विधेयक सरकारले अघि नबढाउने भएको छ।
संघीय संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन उक्त विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको हो ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले आइतबार संसदीय समितिको बैठकमा ‘केही नेपाल ऐनमार्फत’ संशोधन गर्न लागिएको उक्त विधेय फिर्ता लिने बताएका हुन् ।
शान्तिपूर्ण राजनीतिमा आएका दलका नेताविरुद्धको मुद्दा फिर्ता लिने प्रस्ताव केही नेपाल ऐनको दफा ६४ मा गरिएको थियो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग र प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारले दैलेख–कालीकोट–जुम्ला १३२ केभी प्रसारण लाइनको टावर निर्माणका लागि दैलेख, कालीकोट र जुम्ला जिल्लामा करिब १२ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को यही पुस ५ गतेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री सुथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सरकार प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषका लागि नेपाल राष्ट्र बैङ्क, सवारी साधन बिक्री गर्ने व्यवसायीका लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेन्ट कम्पनीका लागि नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।’
मन्त्रिपरिषद्ले खज्र्याङ प्रहरी चौकी, गुल्मीलाई नेपाल सरकारका नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको पाँच रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने र तुम्लिङ्गटार शीतलपाटी दुई सय २० केभी विद्युत् प्रसारणलाइन आयोजना निर्माणका लागि सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकामा रहेको राष्ट्रिय वनको २८.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ ।
टुक्राइएको हवाई सेवा र नागरिक उड्डयन विधेयक संसदमा पेस हुने
लमजुङ पुगेर सञ्चारमन्त्रीले भने- चीनसँग सम्झौता गरेका छौँ, मकैको घाँस चीनमा बिक्री हुन्छ
सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ
रविलाई निलम्बनको पत्र संसद्मा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संघीय सांसद रवि लामिछानेलाई निलम्बन गर्ने पत्र आइपुगेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत पठाएको निमल्बनसम्बन्धी पत्र आइतबार अपरान्ह आइपुगेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले खबरहबलाई बताए ।
‘जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत् पठाएको पत्र आइपुगेको छ’, उनले भने, ‘हामी त्यसलाई कानुनबमोजिम प्रक्रियामा लैजान्छौँ।’
जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरेसँगै सांसद पदबाट निलम्बनका लागि पत्र आइपुगेको हो ।
- अभियोग पुष्टि भए रविलाई कति वर्ष जेल ?
- रविविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, सांसद पद के हुन्छ ?
- यस्तो छ रवि र निकितासहित ४४ जनाविरुद्धको अभियोगपत्र (पूर्णपाठ)
- रविले कहाँबाट ल्याएका थिए २७ करोड ८९ लाख रुपैयाँ ?
निकिताका सहकारी पार्टनर भरत जंगम पक्राउ
सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् ।
काठमाडौंको नयाँबानेश्वरस्थित साई स्वागत सहकारी संस्थाको बचत रकम अपचलनबारे छानबिनका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइबार पक्राउ गरेको हो ।
साई स्वागत सहकारीका पूर्वअध्यक्ष जंगमलाई पक्राउ गरिएको पुष्टि काठमाडौं प्रहरीका एसपी एवम्प प्रवक्ता नवराज अधिकारीले गरेका छन् ।
उक्त सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पन्ती निकिता पौडेल पनि कार्यकारी पदमा थिइन् । निकिता उक्त सहकारीको पूर्वउपाध्यक्ष थिइन् ।
जंगममाथि आइतबारदेखि नै अनुसन्धान अगाडि बढाइएको अधिकारीले खबरहबलाई बताए ।
हिनामिनापछि तत्कालीन अध्यक्ष भरत जंगम, उपाध्यक्ष निकिता पौडेल तथा अन्य पदाधिकारीलाई सञ्चालक समिति बनाएर उक्त सहकारीबाट निस्किएका थिए ।
‘कालो सूर्य’का लेखकको सहकारीमा ‘ग्रहण’, कसरी मुछिइन् रविपत्नी निकिता ?
४४ नम्बरकी प्रतिवादी निकिता : घरदेखि बैंकको रकमसमेत जफत गर्न माग
अर्थसंक्षेप : सिंहदरबारले रोक्यो समपूरक र विशेष अनुदान प्रस्ताव, पाँच महिनामा झन्डै ६ खर्बको आयात
विद्यार्थी हिँड्ने बाटो बनाउँदा पनि भ्रष्टाचार, रुवीभ्यालीका पूर्वअधिकृतसहित आठविरुद्ध मुद्दा
विद्यालयसम्म पुर्याउने बाटो निर्माणमा समेत अनियमितता गरेको भेटिएपछि धादिङको रुवीभ्याली गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गाउँपालिकाको पागोमादेखि स्कूलसम्म शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको उजुरी परेपछि छानबिन गर्दा अनियमितता भएको देखिएपछि कर्मचारी र उपभोक्ता समितिका गरी आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगी, इन्जिनियर सुदिप रेग्मी, लेखापाल बाबुलाल नेगी, असिष्टेन्ट सबइन्जिनियर लालमान तामाङ, गाउँपालिका-४ का वडाध्यक्ष प्रशान्त तामाङ, शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध भ्रष्टाचार मुद्दा लागेको हो ।
प्रशासकीय अधिकृतसहित गाउँपालिकाका कर्मचारीहरूले आर्थिक वर्ष २०७६/०७७ मा रुवीभ्याली-४ को बोराङस्थित पागोमादेखि स्कूलसम्म शाखा सडक खन्न योजना सम्झौता गरेका थिए ।
नक्कली सर्टिफिकेट देखाएर बढुवा खाएका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
भारतीय डोजर महाकालीवारी आएपछि दार्चुलामा तनाव
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
चार केजी गाँजा र नगदसहित एक युवती पक्राउ
अन्तर्राष्ट्रिय ……
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले शनिबार दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको बताउँदै मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् ।
ब्राजिलको मिनास गेरैस राज्यमा भएको बस दुर्घटनामा सन् २००७ यताकै सबैभन्दा खराब दुर्घटना भएको संघीय राजमार्ग प्रहरी (पीआरएफ) ले एएफपीलाई जानकारी दिएको छ ।
नागरिक प्रहरीले ३८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने नौ जनालाई अस्पताल भर्ना गरिएको छ ।
पीआरएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक जानकारीअनुसार ग्रेनाइटको एउटा ब्लक विपरीत दिशाबाट आउँदै गरेको ट्रकबाट खसेर बसलाई ठक्कर दिएको हुन सक्ने देखिएको छ ।’
टर्कीमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट
अमेरिकाले हुती विद्रोहीको अखडामा गर्यो हवाई आक्रमण
क्रिसमस पार्टी दुर्घटनामा मर्नेको सङ्ख्या पाँच पुग्योः दुई सय बढी घाइते
खेलकुद….
एसिसी महिला यु–१९ एसिया कप खेलेर नेपाली टोली फर्किए (तस्बिरहरू )
एसिसी महिला यु–१९ एसिया कप खेलेर नेपाली टोली आइतबार स्वदेश फर्किएको छ ।
एसिसी महिला यु–१९ एसिया कप अन्तर्गत सुपर फोरबाटै बाहिरिएपछि नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएको नेपाली टोलीलाई आइतबार त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेट पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।
स्वदेश फर्किएपछि महिला यु–१९ नेपाली टोलीकी कप्तान पूजा महतोले एसिया कपमा तेस्रो स्थान हासिल गर्दा खुसी लागेको बताए । उनले खेलहरू राम्रो भइरहँदा वर्षाका कारण लय समात्न समस्या भएको उल्लेख गरे ।
मैदानमा पुगेर एक लाख ३० हजारले हेरे एनपीएल
प्रतिक्रिया