‘कार्बन व्यापार बजारमा सहभागी गराउँनुपर्छ’ « Khabarhub

‘कार्बन व्यापार बजारमा सहभागी गराउँनुपर्छ’


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्बन उत्सर्जन नगर्ने देशहरूलाई पर्याप्त मुआब्जा दिएर कार्बन व्यापार बजारमा सहभागी गराउनुपर्ने बताएका छन् । 

भारतको नयाँ दिल्लीमा आयोजित एशिया जलवायु सम्मेलन सम्बोधन गर्दै उनले कार्बन उत्सर्जनमा कुनै योगदान नै नगरेका नेपाललगायतका देशहरूले जलवायु प्रकोपहरूको असर झेल्नुपरेको बताए । 

जलवायु परिवर्तनले निम्त्याएको गम्भीर चुनौतीहरूको सामना गर्न, कार्बन बजार उत्सर्जन व्यवस्थापनको साधनमात्र नभएर दिगो र समावेशी भविष्यतर्फको न्यायपूर्ण रूपान्तरणको आधारशीला बन्नुपर्ने थापाको भनाइ थियो । 

उनले कार्बन बजारको विस्तारले जलवायु जोखिममा रहेका राष्ट्रहरूलाई मात्र नभएर  साझेदार र लक्षित लाभार्थीको रूपमा स्थान पक्का राख्ने संयन्त्र समावेश गर्नुपर्नेमा जोड दिए । 

महामन्त्री थापाले ‘नेपाल खुद शून्य उत्सर्जनको दीर्घकालीन रणनीति’ बमोजिम नेपालले ऊर्जा, कृषि र वन क्षेत्रका सुधारहरूमा ध्यान केन्द्रित गर्दै आएको पनि सम्मेलनमा जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : ५७ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ