आजका समाचार : कांग्रेसले बीआरआईमा ऋण नस्वीकार्ने, विप्लवले समाजवाद स्थापना गर्न क्रान्ति जारी राख्ने र रोकिएन गाजामा इजरायली हमला  | Khabarhub Khabarhub

आजका समाचार : कांग्रेसले बीआरआईमा ऋण नस्वीकार्ने, विप्लवले समाजवाद स्थापना गर्न क्रान्ति जारी राख्ने र रोकिएन गाजामा इजरायली हमला 


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताएका छन्। शनिबार छत्रपाटी निःशुल्क चिकित्सालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

‘मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो गरेर हामी अगाडि बढ्न चाहन्छौं,’ उनले भने। परस्परको सहयोगले आपसी सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने पनि उनले बताए।


कार्यक्रममा काठमाडौंस्थित चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारिसाधन चिकित्सालयलाई हस्तान्तरण गरिएको छ। उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकोमा आभार व्यक्त गरे।

चिनियाँ राजदूत सोङ र अध्यक्ष लिङ्देनबीच भेट

गौतमबुद्ध विमानस्थल सञ्चालनमा सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे

बीआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा

प्रधानमन्त्री ओलीका पिताको स्वास्थ्यमा समस्या

समाजवाद स्थापना नभएसम्म क्रान्ति जारी रहन्छ : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गरेका छन्।

नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा उनले ८० को दशकलाई राष्ट्रिय स्वाधीनता, समाजवाद निर्माणलाई केन्द्रित गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउने धारणा राखे।


विगतमा नेकपा (माओवादी)मा रही नेपाली जनताको परिवर्तनको चाहना र न्यायका लागि गरेको योगदान इतिहास साक्षी रहेको बताउँदै महासचिव चन्दले देश र नेपाली जनताको सुख तथा समृद्धिका सधैँ काम गरिरहने विचार प्रकट गरे ।

अबुधाबीस्थित नेपाली दूतावासमा निर्यात प्रवर्द्धनबारे छलफल

कृषिको आधुनिकीकरण आजको आवश्यकता : लिङ्देन

मिश्रित निर्वाचन प्रणाली संशोधन गर्न आवश्यक: डा.महत

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

चिलिमेका तीन जलविद्युत आयोजना तयार, थपियो १६८ मेगावाट बिजुली
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । तीनवटा जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको प्राधिकरणले जानकारी दिएको हो ।

तीनवटै आयोजनाहरूबाट उत्पादित बिजुली रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०र१३२र३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको हो ।

कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना, ३१ जना घाइते

२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन विद्युत् आयोजना

विद्यार्थी, अपांगता र ज्येष्ठ नागरिकलाई धरहरा चढ्न ५० प्रतिशत छुट

विवाद नमिल्दा नारायणी अस्पताल भवन निर्माण अलपत्र

गोरखाको द्रव्यशाह क्याम्पसमा दुना–टपरी गाँस्ने तालिम

सिन्धुलीबाट १८९ किलो गाँजासहित एक जना पक्राउ

इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु
इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको हवाई आक्रमणमा इस्लामिक स्टेट (आइएस) का पाँच जना लडाकुको मृत्यु भएको इराकी सेनाले शनिबार जनाएको छ ।

गुप्तचर रिपोर्टको आधारमा, इराकी सेनाले शुक्रबार प्रान्तीय राजधानी किर्कुकको पश्चिममा रहेको दुर्गम क्षेत्रमा आइएस लडाकु लुकेको ठाउँमा हवाई आक्रमण गरेको इराकी संयुक्त अपरेसन कमान्डसँग सम्बद्ध मिडिया आउटलेट सुरक्षा मिडिया सेलले जनाएको छ ।


इराकी सेना र गुप्तचरको संयुक्त बलले शनिबार बम विस्फोट भएको स्थानमा पाँचजना आतंककारी को शव फेला पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा चार राइफल, दुई विस्फोटक बेल्ट, छ वटा ह्यान्ड ग्रेनेड, गोलाबारुदलगाएत सञ्चार उपकरणहरू पनि फेला पारेको उल्लेख गरेको छ ।

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

पाकिस्तानमा साम्प्रदायिक हिंसा : ३२ जनाको मृत्यु

घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का

महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता

ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल

झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ७ : २२ बजे

भारतीय सेना प्रमुख पोखरामा, वीरता पुरस्कार विजेताहरुलाई सम्मान

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

काठमाडौं – गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो

स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

भरतपुर – चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस

माओवादी नेता पदम राईको निधन

काठमाडाैं – नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वभौतिक पूर्वाधार राज्यमन्त्री

पशुअधिकारका लागि ‘भिगन ग्यालरी’

काठमाडौं – पशुअधिकार र भिगन जीवनशैलीबारे जानकारी दिने उद्देश्यले आज