सुनसरीको बराहक्षेत्रबाट ९७ किलो गाँजा बरामद « Khabarhub

सुनसरीको बराहक्षेत्रबाट ९७ किलो गाँजा बरामद


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट ९७ किलो गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ४ गण हेडक्वाटर सुनसरीका अनुसार सुरक्षा वेश चतराको टोलीले पटनाली खोला बगर क्षेत्रबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको हो।

रातको समयमा पटनाली खोलाको बगर हुँदै चतरा धरान सडकतर्फ झोलामा नाम्लो लगाई बोकेर ल्याउँदै गरेको भेटेपछि उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले गाँजा बरामद गरेको नम्बर ४ गणले जनाएको छ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ६ : ४१ बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको