पोखरा र गौतम बुद्ध विमास्थलबाट उडान गर्न कतारसँग प्रस्ताव « Khabarhub

पोखरा र गौतम बुद्ध विमास्थलबाट उडान गर्न कतारसँग प्रस्ताव


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कतारसमक्ष आग्रह गरेका छन् ।

नेपालको भ्रमणमा रहेका  कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानीसँग बुधबार काठमाडौंमा भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् ।

अर्बौँ रुपैयाँ लगानीमा बनाइएका यी दुई विमानस्थल सञ्चालन नेपालका लागि चुनौतीपूर्ण बनिरहेका बेला प्रधानमन्त्रीले कतारका राजासमक्ष नयाँ हवाई गन्तब्य बनाउन आग्रह गरेका हुन् ।

प्रचण्डले कतार सरकारलाई लुम्बिनी र पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।

द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ र दोहाबीच प्रभावकारी एवम् पर्याप्त हवाइ यातायात भएको उल्लेख गर्दै नयाँ गन्तव्यका लागि आग्रह गरेका हुन् ।

‘कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

नेपाल र कतारबीच धेरै सम्झौता तथा समझदारीपत्रहरु (एमओयु) सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्रीले समयको मागसँगै ती सम्झौता तथा समझदारी परिमार्जन र अद्यावधिक गर्दै लैजानुपर्ने पनि बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  २ : २५ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न