शीर्ष नेताको बैठक : सहकारीबारे समिति बनाउन सबै तयार, ठोस सहमति भएन « Khabarhub

शीर्ष नेताको बैठक : सहकारीबारे समिति बनाउन सबै तयार, ठोस सहमति भएन


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको शीर्ष तहका नेताहरूको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नेमा सबैको जोडबल देखिएको छ ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘मूलभूत रुपमा जुन कुरा उठेको छ त्यसको सम्बोधन गर्ने गरी समिति गठन हुनुपर्छ भन्नेमा सबैको जोड बल छ । मूल विषयलाई सम्बोधन गरेर नै टुंग्याउने हो ।’

तर यो बैठकमा संसदीय छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री रव लामिछानेको नाम राख्ने नराख्नेबारे ठोस निर्णय दलहरूले गर्न सकेनन् ।

उनले बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि भएको धरपकडबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पनि बताए ।

‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाजीलाई जुन ढंगले धरपकड गरियो, आतंकित गर्ने काम भयो त्यो कुरामा हामी गम्भीर छौँ । गम्भीर ध्यान आकृष्ट भएको छ भनेर कुरा उठायौँ भनेर कुरा उठायौँ,’ लेखकले भने ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ६ : २२ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल