कानूनसहित सात समितिका बैठक बस्दै « Khabarhub

 कानूनसहित सात समितिका बैठक बस्दै


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत आज सातवटा समितिका बैठक बस्दैछन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, कानून, न्याय तथा मानवअधिकार, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा संसदीय सुनुवाइ समिति (संयुक्त) का बैठक बस्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल सरकारले पछिल्लो समय छिमेकी मित्र राष्ट्रहरूसँग गरेको सन्धि–सम्झौताहरुको विवरण र हालसम्मको कार्यप्रगति तथा मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने कार्यसूची छ ।

यस्तै, बिहान ११ बजे सिंहदरबारमा बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिमा प्राप्त विधेयकहरुका सम्बन्धमा छलफल गरिने छ ।

पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूमा छलफल हुनेछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक ११ बजे बस्दैछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने तयारी छ ।

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३७औँ बैठक बिहान साढे ११ बजे बस्ने छ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।

आज संसदीय सुनुवाइ समितिको बैठक पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने बैठकमा निर्वाचन आयुक्त पदमा प्रस्तावित व्यक्तिको सुनुवाइ गर्ने कार्यसूची छ । आज आयोगका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानमाथि  संसदीय सुनुवाइ हुने छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : १४ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम