आजका समाचार : महिला प्रधानमन्त्री बनाउने ओलीको चाहना, ०६४ का मतदाता खोज्दै प्रचण्ड र तनहुँ दुर्घटनाका मृतकको शव भारत पठाइयो | Khabarhub Khabarhub

 आजका समाचार : महिला प्रधानमन्त्री बनाउने ओलीको चाहना, ०६४ का मतदाता खोज्दै प्रचण्ड र तनहुँ दुर्घटनाका मृतकको शव भारत पठाइयो


८ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

देशमा महिला प्रधानमन्त्री बनाउने चाहना छ : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन् ।

युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताए ।


प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुषमात्रैको डेलिगेसन एकजना मात्रै बोलाएको छ भने बेग्लै कुरा विदेश जान अथवा कतै डेलिगेसन भएर जान मिल्दैन । डेलिगेसनमा महिला सामेल भएकै हुनुपर्छ । त्यो रुल अहिले मैले सरकारको बनाएको छु । महिलाहरूको लागि थुप्रै काम गरेको छ ।’

नेपाली समाज मर्यादित समाज हो, अश्लिलता फैलाउन सम्भव छैन : प्रधानमन्त्री

‘जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिनुहुन्न’

नेपालको शिक्षा प्रणाली कस्तो बनाउने भनेर बहस जरुरी छ : मन्त्री भट्टराई

जनतामा छाएको निराशालाई अन्त्य गर्न आवश्यक : मन्त्री खड्का

बागमती नदी जोगाउन सबै लागौँ :उपप्रधानमन्त्री सिंह

सुनचाँदी व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार छ : मन्त्री भण्डारी

टरीगाउँ विमानस्थललाई पश्चिम नेपालको हवाई उडान केन्द्र बनाइन्छ : प्रधानमन्त्री

०६४ का माओवादी मतदाता खोज्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदैव सत्तामा रहनेगरी वातावरण बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन्‌ । यसका लागि २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बन्नेगरी मत दिने मतदाता खोज्न पनि उनले कार्यकर्तालाई अह्राएका छन्‌ ।

आज ९शनिबार० पार्टीनिकट ‘नुवाकोट(काठमाडौं सम्पर्क समन्वय समिति’ ले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै दाहालले भने, ‘२०८४ मा हुने चुनावमा हामी पहिलो पार्टी बन्न सक्छौँ । त्यसका लागि सर्वप्रथम २०६४ मा माओवादीलाई भोट हालेका जनताकहाँ जानुपर्छ । पहिला लिस्ट बनाउन पर्‍यो । भोट हाल्ने को(को हुन्, खोज्नपर्‍यो । ती सबैसँग सम्पर्क गर्नुपर्‍यो ।’

आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु : रवि लामिछाने

गृह मन्त्रालयद्वारा भारतीय राज्य मन्त्रीलाई बस दुर्घटनाबारे ब्रिफिङ

 घाइतेको अवस्थाबारे जानकारी लिन गृहमन्त्री टिचिङमा

भ्रष्टाचार मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रदर्शन

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न रास्वपाद्वारा प्रदर्शनी

विदेशी दबाब र प्रभावमा लादिएको व्यवस्था टिक्दैन : कमल थापा

मर्स्याङ्दी दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री खड्से शिक्षण अस्पतालमा
भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्था बुझ्न काठमाडौं आएकी छिन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से नेपाल आएकी हुन् ।


काठमाडौं आएलगत्तै उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १६ भारतीय यात्रुको महाराजगंजस्थित टीचिंग अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । यस्तै १६ जना घाइतेको उपचार भइरहेको छ ।

तनहुँ बस दुर्घटनाका घाइतेलाई भेट्न भारत सरकारका मन्त्री नेपाल आउँदै

एक महिनामा तीन अर्ब ४६ करोड बढीको ‘स्मार्टफोन’ आयात

मुग्लिन–पोखरा सडक : एघार करोड क्षतिपूर्ति वितरण

तनहुँ दुर्घटना : मृतकको शव भारत पठाइयो

गौरा नजिकिएसँगै सीमा नाकामा भीडभाड, घर फर्किंदै परदेशी

झापामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, चार जना पक्राउ

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकामा २५ वर्षको जेल सजाय
चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकामा चिनियाँ मूलका एक जनालाई २५ वर्षको जेल सजाय सुनाइएको छ ।

चीनका लागि जासुसी गरेको आरोपमा चिनियाँ मूलका अमेरिकी नागरिक शुजुन वाङलाई न्यूयोर्कको अदालतले २५ वर्षको जेल सजाय सुनाएको हो ।


उनले अमेरिकामा बसोबास गरिरहेका चिनियाँहरुको गोप्य सूचना चीनको जासुसी निकायलाई प्रदान गर्दै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ७५ वर्षीय वाङले न्यूयोर्कको क्विन्समा चिनियाँ सत्ताविरोधी संस्था स्थापना गर्न पहल गरेका थिए ।

प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमण सकेर स्वदेश फिर्ता

नाइजेरियामा अपहरणमा परेका २० जना विद्यार्थीको उद्धार

डब्लुएचओद्वारा एमपक्स नियन्त्रण योजनाको घोषणा

भारतले मालदिभ्सका एक हजार कर्मचारीलाई तालिम दिने

तेलको भाउ घट्दा भारतलाई फाइदा

युक्रेनलाई थप सैन्य सहयोग गर्ने अमेरिकाको घोषणा

रक्षा सहकार्य बढाउन जर्मनी र फिलिपिन्स सहमत

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ८ : ०३ बजे

परिवर्तनको पक्षमा उभिन पार्टी पङ्क्तिलाई एमालेको आव्हान

काठमाडौं– नेकपा एमालेले लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक

अमेरिकाको फ्लोरिडामा आँधीतुफान, धेरै सहरमा आपतकाल

न्युर्योक– अमेरिकाको फ्लोरिडा राज्यको ‘सिएस्टा की’ सहरको तटीय क्षेत्रमा बिहीबार

सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति

धरान– सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको

आफ्नै मतदातालाई धोका दिने नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु

पकरी–भारदह सडक मर्मत नहुँदा जोखिमपूर्ण यात्रा

राजविराज – यहाँको पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या भएको