आजका समाचार : रविलाई कास्कीमा म्याद थपिँदा रुपन्देहीमा पुर्जी, सहकारीपीडिको बिलौना, भारत र चीन मिल्दा दुवैतिर उत्साह | Khabarhub Khabarhub

आजका समाचार : रविलाई कास्कीमा म्याद थपिँदा रुपन्देहीमा पुर्जी, सहकारीपीडिको बिलौना, भारत र चीन मिल्दा दुवैतिर उत्साह


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

रवि र छवि दुवैले थप सात दिन हिरासतमा बस्नुपर्ने

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले अझै थप सात दिन हिरासतमा बस्नु पर्ने भएको छ ।

दुवै जनालाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा पेस गरिएको थियो । त्यसपछि भएको बहसका क्रममा न्यायाधीश पौडेलले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले खबरहबलाई बताए ।


गत असोज ६ गते पक्राउ गरी पोखरा लगिएका जोशीलाई अदालतले पछिल्लो पटक असोज १७ गतेदेखि लागु हुने गरी २० दिनको म्याद थपेको थियो ।
यता कात्तिक २ गते पक्राउ गरी पोखरा लगिएका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । लामिछानेविरुद्ध अदालतले दोस्रो पटक म्याद थपेर अनुसन्धान गर्ने अनुमति प्रहरीलाई दिएको हो ।

रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी

रास्वपाको आन्दोलन अब पोखराबाट काठमाडौंमा

पोखरामा रास्वपाको प्रदर्शन, नाबालक बोकेका आमाहरू पनि सहभागी

पोखरामा सहकारी पीडितको प्रदर्शन, कांग्रेस-एमालेको अघोषित समर्थन

रविको हिरासत बसाइ लम्बिएपछि छलफलमा रास्वपा नेताहरू

हिरासतमा रविको बास लम्बिएपछि रास्वपा कार्यकर्ता आक्रोशित, निषेधित क्षेत्र तोड्न खोजे

म्याद थपका लागि रवि र छविलाई अदालत लगियो

स्वर्णिमको दाबी : रविलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको पुष्टि भयो

 दुई ठूला छिमेकबीचको नेपालले कसैलाई शत्रु मान्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (यूएन–डे)का अवसरमा बिहीबार सैनिक मुख्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको बताए ।

उनले विश्वभरको अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसंघका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षण प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्ने स्पष्ट पारे ।

एमालेलाई जग्गा दानविरुद्धको रिट ‘हेर्न नमिल्ने’

कांग्रेस महामन्त्री थापा र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

लोसपाका उपाध्यक्ष चन्द्रकान्त चौधरी राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश

कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त

माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निस्शुल्क बनाइन्छ : शिक्षामन्त्री

गणतन्त्र संस्थागत हुन सकेन, उपलब्धिहरू उल्टिन सक्छन् : विप्लव

स्वास्थ्यमन्त्रीका सय दिन -कर्मचारी व्यवस्थापन कार्यको प्रारम्भ

जग्गा दान लिनु स्वाभाविक, विवाद गरिरहनु आवश्यक छैन : शंकर पोखरेल

सूर्यदर्शन पीडितको चित्कार : कहीँबाट न्याय मिलेन, रविलाई जोगाउन शक्ति प्रदर्शन भयो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा समातिएपछि यतिबेला पोखरा तातेको छ ।

सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएपछि देशभरबाट रास्वपा कार्यकर्ता उत्रिएर आन्दोलन गरिरहेका छन् । उनीहरूले अदालतलाई समेत दबाब बढाउने गरी आन्दोलन चर्काएपछि सहकारीपीडित आक्रोशित छन् । सूर्यदर्शनसहितका सहकारी पीडितहरू न्याय खोज्दै पोखरामा आन्दोलित छन् ।


रित्ता थालमा ढुंगा राखेर आफ्नो पीडा पोखिरहेका उनीहरू राज्यलेसमेत अन्यायमा पारेको बताइरहेका छन् । रविले सहकारीको रकम नठगेको बताइरहँदा पीडितहरूको आक्रोश भने उनैमाथि छ ।

रास्वपाले अराजकता बढाउन पोखरामा आन्दोलन गरेको उनीहरूको बुझाइ छ । यिनै आन्दोलनकारीमध्ये दुईजना पीडितसँग खबरहबले गरेको कुराकानी उनीहरूकै भाषामा प्रस्तुत गरेका छौँ ।

अर्थमन्त्री पौडेल र एडीबीका उपाध्यक्षबीच भेटवार्ता

मेलम्चीको पानी बागमती नदीमा पठाइँदै

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न केएमसीलाई नेविसंघको दबाब

मानवसेवा आश्रमद्धारा ९८ जनाको उद्धार

मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह

जावलाखेलमा गोदावरी फुलको प्रर्दशनी सुरु

नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला

मुस्ताङबाट ९२ करोड रुपैयाँको स्याउ निर्यात

पुटिनसामु सी–मोदीले हात मिलाउँदा चीन र भारतमा उत्साह
नेपालका दुई निकट छिमेकी भारत र चीनबीच लामो समयदेखिको तिक्ततापूर्ण सम्बन्धमा सुधारको संकेत देखिएको छ । रूसको कजानमा आयोजित ब्रिक्स सम्मेलनका क्रममा दुई देशका राष्ट्र र सरकार प्रमुखबीचको भेटवार्तापछि लामो समयदेखि चिसिएको सम्बन्ध सुमधुर हुने संकेत देखिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पाँच वर्षपछि पहिलो पटक औपचारिक द्विपक्षीय वार्ता भएको छ । वार्ताका क्रममा दुवै नेताहरूले सीमा क्षेत्रको तनाव मत्थर पार्न दुई देशबीच हुन गइरहेको सम्झौताको स्वागत गरेका छन् ।

उत्तर कोरियाले तीन हजार सेना रूस पठाएको अमेरिकाको दाबी

फ्रान्सद्वारा लेबनानलाई दश करोड युरो सहयोगको घोषणा

विश्वले गम्भीर चुनौतीको सामना गरिरहेको छ: चिनियाँ राष्ट्रपति

१४० भन्दा बढी रोहिंग्या शरणार्थी इन्डोनेसियामा

चक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानमा जाँदै

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ७ : ४९ बजे

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट

अध्यक्ष लिङ्देनसहित राप्रपाको टोली कर्णाली यात्रामा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु

माल्दिभ्समा कर्मचारीको तलब ५० प्रतिशत कटौती हुने

माले – आर्थिक सङ्कटमा परेको माल्दिभ्समा सार्वजनिक क्षेत्रका तलबहरूमा ५०

परराष्ट्रको पत्रअनुसार नै एकताको महाधिवेशन हुनुपर्छ : उपेन्द्र महतो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र

जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह

काठमाडौं – उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा