मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

देउखुरी – मोटरसाइकल दुर्घटना परी वडा प्रहरी कार्यालय लमही, दाङमा कार्यरत प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको छ ।

ट्रकमा ठोक्किएर घाइते भएका मोटरसाइकलमा सवार प्रहरी जवान चौधरीको उपचारका क्रममा स्थानीय लमही अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी)ईश्वर थापाले जानकारी दिए ।

कार्यालयको काममा खटिरहेका लमही नगरपालिका–७ का २६ वर्षीय प्रहरी जवान चौधरी सोही वडास्थित पदमिनी खोला नजिक ट्रकसँग ठोक्किएर हिजो सोमबार घाइते भएका थिए। लु १ ख ९३५२ नम्बरको ट्रक र सोही दिशामा गुडिरहेको लु प्र ०१–००२ प ११४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएपछि घाइते भएका  चौधरीको आज लमही अस्पतालमा मृत्यु भएको प्रहरीले स्पष्ट गरेको छ ।

सो घटनामा संलग्न ट्रक चालक रुपन्देही जिल्ला सियारी गाउँपालिका–४ का २९ वर्षीय जितेन्द्र राजभरलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ४ : ०० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा