‘लाल सिंह चड्ढा’ असफलताबारे बोले अमिर खान « Khabarhub

 ‘लाल सिंह चड्ढा’ असफलताबारे बोले अमिर खान


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता अमिर खानले पछिल्लो फिल्म  ‘लाल सिंह चड्ढा’को असफलताबारे पहिलो बोल्दै ठूलो पाठ सिकेको प्रतिक्रिया दिएका छन् ।

सन् २०२२ मा प्रदर्शनमा आएको  सो फिल्म फ्लप भएपछि अमिरले फिल्मबाट विश्राम लिने घोषणा गरेका थिए । सोही कारण उनी अहिले काम भन्दा पनि व्यावसायिक जीवनका कारण चर्चामा छन् ।

यद्यपि अहिले अमिर फिल्ममा कमब्याक गर्ने योजना छन् । उनी उत्कृष्ट स्क्रिप्टको पर्खाइमा छन् ।

ड्रिम प्रोजेक्ट  ‘लाल सिंह चड्ढा’ व्यावसायिक रूपमा असफल हुँदा निकै दुखी भएको अमिरले बताए । उनले थपे, ‘लामो समयपछि मेरो यो फिल्म असफल साबित भयो । त्यति बेला मेरो परिवार र साथीभाइ खबर सोध्न आए । मैले धेरै माया पाएको महसुस गरेँ।’

निर्माणका क्रममा विभिन्न तहमा गल्ती भएका कारण फिल्म असफल भएको अमिरको बुझाइ छ । उनी भन्छन्, ‘मैले सो फिल्ममा धेरै गल्ती गरेको छु। धन्न मैले यी गल्तीहरू एउटा फिल्ममा मात्र गरेँ।’

‘लाल सिंह चड्डा’ फिल्म फरेस्ट गम्पको आधिकारिक रिमेक हो । यो फिल्म अद्वैत चन्दनले निर्देशन गरेका हुन् । यस फिल्ममा आमिर खान बाहेक करिना कपुर र नागा चैतन्य मुख्य भूमिकामा देखिएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ३३ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल