‘लाल सिंह चड्ढा’ असफलताबारे बोले अमिर खान « Khabarhub

 ‘लाल सिंह चड्ढा’ असफलताबारे बोले अमिर खान


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता अमिर खानले पछिल्लो फिल्म  ‘लाल सिंह चड्ढा’को असफलताबारे पहिलो बोल्दै ठूलो पाठ सिकेको प्रतिक्रिया दिएका छन् ।

सन् २०२२ मा प्रदर्शनमा आएको  सो फिल्म फ्लप भएपछि अमिरले फिल्मबाट विश्राम लिने घोषणा गरेका थिए । सोही कारण उनी अहिले काम भन्दा पनि व्यावसायिक जीवनका कारण चर्चामा छन् ।

यद्यपि अहिले अमिर फिल्ममा कमब्याक गर्ने योजना छन् । उनी उत्कृष्ट स्क्रिप्टको पर्खाइमा छन् ।

ड्रिम प्रोजेक्ट  ‘लाल सिंह चड्ढा’ व्यावसायिक रूपमा असफल हुँदा निकै दुखी भएको अमिरले बताए । उनले थपे, ‘लामो समयपछि मेरो यो फिल्म असफल साबित भयो । त्यति बेला मेरो परिवार र साथीभाइ खबर सोध्न आए । मैले धेरै माया पाएको महसुस गरेँ।’

निर्माणका क्रममा विभिन्न तहमा गल्ती भएका कारण फिल्म असफल भएको अमिरको बुझाइ छ । उनी भन्छन्, ‘मैले सो फिल्ममा धेरै गल्ती गरेको छु। धन्न मैले यी गल्तीहरू एउटा फिल्ममा मात्र गरेँ।’

‘लाल सिंह चड्डा’ फिल्म फरेस्ट गम्पको आधिकारिक रिमेक हो । यो फिल्म अद्वैत चन्दनले निर्देशन गरेका हुन् । यस फिल्ममा आमिर खान बाहेक करिना कपुर र नागा चैतन्य मुख्य भूमिकामा देखिएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ३३ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर