इतिहास रचेपछि छचल्कियो अफगानी क्रिकेटरको खुसी (तस्बिरहरू) « Khabarhub

इतिहास रचेपछि छचल्कियो अफगानी क्रिकेटरको खुसी (तस्बिरहरू)


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


32.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानले विश्व क्रिकेटमा एउटा इतिहास भएको छ । आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेसँगै अफगानिस्तानले इतिहास कोरेको हो।

नेपालले भन्दा पछाडि क्रिकेटमा बामे सरेको अफगानिस्तानले टेस्ट राष्ट्रको मान्यता पाइसकेको छ ।  १० वर्षअघि विश्वकपमा नेपालसँग हारेको अफगानिस्तान अहिले विश्वका जुनसुकै देशलाई पछार्ने अवस्थामा पुगेको छ ।

मंगलबार बिहान भएको खेलमा बंगलादेशलाई डीएलएस पद्धतिमा अफगानिस्तानले ८ रनले हराएको हो । यससँगै अफगानिस्तान सुपर ‘८’ को समूह १ बाट उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।

समूह चरणको पहिलो खेलमा भारतसँग ४७ रनले पराजित अफगानिस्तानले त्यस लगातार जित निकाल्दै विश्व विजेता अस्ट्रेलियालाई पनि स्तब्ध बनाइदियो ।

उसले दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले हरायो । अस्ट्रेलिया यस पटक सुपर ‘८’बाटै घर फर्कियो । मंगलबार भएको अर्को खेलमा अफगानिस्तानले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा दक्षिण अफ्रिकासँग भिडन्त पक्का गर्‍यो ।

सेमिफाइनल यात्रा गरेपछि अफगानी खेलाडीहरूले मैदानमै खुसियाली मनाए । बंगलादेशलाई हराउन निर्णायक बनेका रासिद खानलाई उनका साथीहरूले मैदानमै बोकेर खुसी साटे ।

 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १ : ०९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका