बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध « Khabarhub

बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गए राति परेको अविरल वर्षाका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । ठाउँठाउँमा खसेको पहिरो र बाढीका कारण म्याग्दीबाट बागलुङ, कुष्मा, पोखरा, काठमाडौँलगायत ठाउँमा सवारी ओहोरदोहोर गर्ने बेनी–मालढुङ्गा र बेनी–बागलुङ सडक अवरुद्ध भएका छन् ।

म्याग्दीबाट मुस्ताङ जोड्ने बेनी–जोमसोम र जिल्ला सदरमुकाम बेनीबाट पश्चिम म्याग्दीको मालिका, मङ्गला र धवलागिरी गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकमा बाढी र पहिरोले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीमा सवारी साधन सञ्चालनमा आउन नसक्दा यात्रुहरूलाई सास्ती भएको छ ।

बेनी दरबाङ सडकअन्तर्गत सिङ्गा, घुमाउनेभिर, लाम्पाटा, बाङ्गे पहिरोलगायत ठाउँमा पहिरो खसेको छ । त्यसैगरी, बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वर, सिरुवारी, कुनौटा, गुइँठे, खामभित्तालगायत ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

गए राति परेको अविरल वर्षाका कारण बेनी नगरपालिका–१ हुलाकेको ठाडो खोल्सामा आएको बाढीले सडक बगाएपछि बेनी–बागलुङ सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवलदार मणिराम अर्यालले जानकारी दिए । उनका अनुसार बाढीले करिब ६० मिटर बढी सडक कटान गरेर क्षति पुर्‍याएको छ ।

बाढीले सडक अवरुद्ध भएपछि गए राति पोखराबाट बेनी आउँदै गरेको  ग२च ९३५५ नंको स्कार्पियो जिपलाई समेत बाढीले बगाएर खोल्सामा खसालेको छ । स्कार्पियोमा सवार यात्रुहरूलाई भने बेनीबाट गएका उद्धारकर्मी र प्रहरीले उद्धार गरेको थियो । ठाडो खोल्सामा आएको बाढी सडकको नहरको क्षमताले धान्न नसकेपछि सडकबाट बगेको थियो ।

सडक कालोपत्र गर्ने समयमा ठाडो खोल्सामा आउने बाढीलाई निकास दिने गरी पूर्वाधार बनाउन ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएकाले बाढीले क्षति पुर्‍याएको स्थानीय कमला खत्रीले बताइन् । सोही बाढी बस्तीतर्फ पसेपछि बेनी नगरपालिका–१ आनन्दबगरका तीन वटा घर पुरेको छ ।

थानीय सेती थापा मगर, केशव थापा र सोचिना घर्ती मगरको घरमा बाढी पसेको हो ।  सेती थापाको दुई तलासम्म बाढी पस्दा अन्नपात, गरगहना, भाँडावर्तन, लत्ताकपडा सबै पुरिएको छ । थापा र घर्तीको घर आंशिक रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १ : २३ बजे

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको