समाचार

आजका समाचार : प्राधिकरणको बक्यौतामा सत्तारुढले घेरे प्रचण्डलाई, चिया बेच्नेमाथि नगर प्रहरीको ज्यादती, नेपाल फाइनलमा

By खबरहब

August 25, 2024

तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पत्तिको दुरुपयोग नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोसम्म सुन तस्करी भएका घटना स्मरण गराउँदै सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठुलो राजस्व गुमाएको र बेथिति हुर्किएको उल्लेख गरे ।

गृहमन्त्री लेखक भन्छन्- भूकम्प प्रभावितलाई अवरोधरहित राहत उपलब्ध गराउँछौँ

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्प प्रभावितले सहज रूपमा राहत उपलब्ध गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताएका छन् ।

आजको बैठकमा ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावमाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा उनले भूकम्प प्रभावित नागरिकलाई अवरोधरहित राहत दिलाउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

उखु किसानको पैसा दसैँ अगाडि नै उपलब्ध हुन्छ : कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले दसैँ अगावै उखु किसानहरूको रकम उपलब्ध गराउन गृहकार्य सुरु गरिएको बताएका छन् ।

मन्त्रालयमा आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उनले उखु किसानको समस्याका बारेमा आफू जानकार रहेको भन्दै दसैँ अगावै रकम उपलब्ध गराउन गृहकार्य सुरु गरिएको बताएका हुन् ।

महाधिवेशनको दुई महिनापछि एकीकृत समाजवादीका केन्द्रीय सदस्यलाई शपथ (तस्बिरहरू)

महाधिवेशन सकेको करिब २ महिनापछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

असार १६ देखि २० सम्म काठमाडौंमा भएको महाधिवेशनले अध्यक्षमा नेपाल र महासचिवमा घनश्याम भुसाललाई छान्दै केन्द्रीय समिति भने अधुरो छाडेको थियो ।

माधव र झलनाथको एकैस्वर- माओवादीसँग तत्काल एकता सम्भव छैन

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले तत्कालै नेकपा माओवादी केन्द्रसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय समिति पूर्ण बैठकलाई सम्बोधनका क्रममा समाजवादीका दुवै शीर्ष नेताले तत्काललाई माओवादीसँगको एकता सम्भावना नकारेका हुन् ।

माधव नेपाललाई पार्टी फुट्ने चिन्ता, फेरि भने- हामीविरुद्ध अर्को षड्यन्त्र हुँदैछ

मुख्यमन्त्री कार्की भन्छन्-मन्त्रालय फुटाउँदैनौँ, संख्या पनि बढाउँदैनौँ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालयको संख्या ९ बाट नबढाउने शीर्ष नेताहरू बीच सहमति भएको बताएका छन् ।

आइतबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या नबढाइए पनि दुई जनासम्म राज्यमन्त्री थप गरिने बताए ।

सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सरकारी वा गैरसरकारी सेवा सुविधाको लागि नागरिकताको सट्टामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश द्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृह मन्त्रालयले असार १० गते राजपत्रमा प्रकाशित गरेको सूचना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

विद्युतको बक्यौताबारे कुलमानलाई गोकुलको प्रश्न- ९ वर्षदेखि एकै एमडी छ, किन सुतेर बसेको ?

नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगीलाई १६ अर्ब छुट दिने निर्णय गरेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबार भएको छलफलमा बोल्दै बास्कोटाले प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले व्यवसायीलाई कुन कानुनमा टेकेर छुट दिएको हो ? भनेर प्रश्न गरे ।

प्राधिकरणको बक्यौताबारे प्रचण्ड र शक्ति बस्नेतलाई स्पष्टीकरण सोधौँ : योगेश भट्टराई

अर्थसंक्षेप : साउनमा १ खर्ब २८ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयातदेखि नेप्सेमा पहिरोसम्म

विकासमा बाधक बनेका अव्यवहारिक कानुन संशोधनमा उपप्रधानमन्त्री सिंहको जोड

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

सहरी विकास मन्त्रालयले आज आयोजना गरेको वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफलमा बोल्दै उनले वातावरण नाश नहुने गरी विकासको गतिलाई तीव्रता दिनुपर्ने बताए । त्यस्तै उनले विकास निर्माणको काममा ढिलाइ हुने अव्यवहारिक कानुनी व्यवस्था हटाउनुपर्नेमा पनि जोड दिए।

जनतालाई सुशासन दिलाउन सरकार लागिरहेको छ : प्रकाशमान सिंह

उपेन्द्रको जोड- पहिचानका आधारमा राज्य पुनर्संरचना, जनतालाई आत्मनिर्णयको अधिकार

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला भनिएका दलहरूकै कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘जनतासँग जसपा नेपाल, अभियान्ता अभिमुखीकरण कार्यक्रम’को उद्घाटन गर्दै अध्यक्ष यादवले यसो भनेका हुन् । उनले राजनीतिक अस्थिरताका लागि एक अर्कालाई दोष थोपार्ने काममा ठूला दल लागेको बताए ।

जसपा नेपालको आधारभूत सङ्गठन निर्माण अभियान सुरु

जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ सुरु गरेको छ ।

चार महिनासम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत आज काठमाडौंमा बागमती प्रदेशअन्तर्गतका सबै जिल्ला र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई जसपा नेपालले प्रशिक्षण दिँदैछ ।

न्याय परिषद्को बैठक निष्कर्षविहीन

सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्याय परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ ।

हाल सर्वोच्चमा चार र उच्च अदालतमा १६ न्यायाधीशको पद रिक्त छ । समयमा न्यायाधीश नियुक्ति हुँदा नसक्दा अदालतमा मुद्दाको चाप दिनप्रतिदिन बढ्दै गएको छ ।

विराटनगरका लागि उडेको बुद्धको जहाज झापाको चन्द्रगढी पुग्यो

काठमाडौंबाट विराटनगरका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमेत सवार बुद्ध एयरको जहाज झापाको चन्द्रगढी पुगेको छ ।

आइतबार दिउँसो विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि बुद्धको उक्त जहाज झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरेको हो ।

दोरम्बा पहिरो : शव परीक्षण गरी परिवारलाई बुझाइयो

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गए राति गएको पहिरोमा परी मृत्यु भएका ६ जनाको शव घटनास्थलै परीक्षण गरी परिवारलाई बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो ।

रामेछापको टोकरपुरमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता

रामेछाप घटनाको प्रभावकारी उद्धार र उपचार गर्न अध्यक्ष दाहालको आग्रह

भारतमा नेपाली तीर्थालु बोकेको बस दुर्घटना, ३६ जना घाइते

भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ ।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्, जसमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

ओमानका विदेशमन्त्री भोलि नेपाल आउँदै

अन्तर्राष्ट्रिय…

टेलिग्रामका संस्थापक फ्रान्समा पक्राउ, इलोन मस्कको कडा आपत्ति

इजरायली सेनाद्वारा हिजबुल्लाहका सेन्टरमा आक्रमण

आइएसको निसाना बन्दै युरोपका महोत्सव

खेलकुद…

भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल भिडन्त पेनाल्टी सुटआउटमा पुग्दा भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको निर्धारित समय १-१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४-१ को नतिजासहित घरको बाटो देखायो ।

टेस्ट खेलमा पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित