सामानको मूल्यसूची सबैले देख्नेगरी राख्न विक्रेतालाई महानगरको आग्रह, बढी लिए कारबाही « Khabarhub

सामानको मूल्यसूची सबैले देख्नेगरी राख्न विक्रेतालाई महानगरको आग्रह, बढी लिए कारबाही


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैँलगायतका चाडपर्व नजिकिएसँगै काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई सचेत गराएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल (पसल) बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुका बारेमा मूल्यसूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्न आग्रह गरेको छ ।

यस्तै, महानगरले अंकित अधिकतम मूल्यभन्दा बढी मूल्य नलिन, वस्तुको उपभोग मिति ख्याल गर्न तथा खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम राख्न सचेत गराएको छ ।

अनुगमनका क्रममा महानगरले निर्दिष्ट गरेका विषयमा अटेर गरेको पाइएमा वा तोकिएको मापदण्ड विपरित कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

महानगरले स्वच्छता, गुणस्तर, वस्तुको म्याद जाँचेर मात्रै खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ । केही समस्या परे वा उजुरी भए ११८० मा सम्पर्क गर्न महानगरले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ८ : ५१ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन