बलात्कार र ठगी मुद्दाका फरार तीनजनालाई दुबईबाट पक्राउ गरेर ल्याइयो « Khabarhub

बलात्कार र ठगी मुद्दाका फरार तीनजनालाई दुबईबाट पक्राउ गरेर ल्याइयो


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठगी र जबरजस्ती करणीसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीजना युवालाई दुबईबाट पक्राउ गरेर ल्याइएको छ ।

दुबईमा पक्राउ पर्नेहरूमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहरू पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीय भूपेन्द्र बोहोरा र काठमाडौंको नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी छन् ।

प्रहरीले जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल चन्द्रागिरी नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्कीलाई पनि पक्राउ गरेर ल्याएको छ।

पक्राउ परेकामध्ये भूपेन्द्रलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउका लागि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट आग्रह भएको थियो ।

त्यसपछि इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो ।

यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्कीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

भूपेन्द्रलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १२ : ५६ बजे

बढ्दै बाँदर समस्या, १० महिनामा ११ अर्ब बढीको मकै र मकैजन्य वस्तु आयात

काठमाडौं– पछिल्लो केही दशक यता नेपालको मध्य पहाडी क्षेत्रको मुख्य

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ : पाँच जनालाई नगदसहित सम्मान

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो बृहत्

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन– नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

सिद्धार्थनगर– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई हजार